"सन् २०२३ अमेरिकामा मानव अधिकार उल्लङ्घनको प्रतिवेदन"
2024-05-29 16:12:39CRI
Share with:

चिनियाँ राज्य परिषद् सूचना कार्यालयले मे २९ तारिख "सन् २०२३ अमेरिकामा मानव अधिकार उल्लङ्घनको प्रतिवेदन" सार्वजनिक गरेको छ।

 

प्रतिवेदनको अग्र भनाइ यस प्रकार छन्:

१, नागरिकको राजनीतिक अधिकार निराधार

२, भेदभाववाद ज्यादै हानिकारक

३, आर्थिक र सामाजिक असन्तुलन दिनप्रति दिन चर्कँदै गएको

४, महिला र बाल-बालिकाको हक-अधिकारको लगातार उल्लङ्घन

५, भिसारहित आप्रवासीको दु:खद जीवन

६, अमेरिकी शैलीको प्रभुत्वबाट मानवीय सङ्कटको सिर्जना

 

सन् २०२३ मा अमेरिकाको मानव अधिकारको अवस्था बिग्रँदै गएको छ। अमेरिकामा मानव अधिकार बढ्दो ध्रुवीकरण दिशामा अघि बढिरहेको छ। राजनैतिक, आर्थिक र सामाजिक स्रोत पाएका थोरै व्यक्तिको तुलनामा धेरैजसो सामान्य जनता झन् झन् सीमान्तकृत हुँदै गएका छन् र जनताका आधारभूत अधिकार तथा स्वतन्त्रता व्यर्थमा परेको देखिन्छ।

बन्दुक हिंसा एक पुरानो रोग बनेको छ र सरकारको नियन्त्रण नीतिहरू प्रभावहीन भएको देखिन्छ। सन् २०२३ मा अमेरिकामा कम्तिमा ६५४ वटा सामूहिक गोलीबारीका दुर्घटनाहरू भएका छन्। बन्दुक हिंसाले लगभग ४३ हजार मानिसहरूको ज्यान लिनुका साथै यस कारणबाट प्रत्येक दिन औसत ११७ जना व्यक्ति मारिएका छन्। पक्षपातपूर्ण संघर्ष र फाइदा सम्बन्धित समूहको प्रोत्साहनले धेरै भन्दा धेरै राज्य सरकारहरूले बन्दुक बोक्ने तथा बन्दुक बोक्ने बासिन्दाको अधिकार विस्तार गर्न कानून सिर्जना गरेको थियो। सन् २०२३ मा अमेरिकाका कम्तिमा २७ वटा राज्यमा बन्दुक बोक्न इजाजतपत्रको आवश्यक पर्दैन।

अमेरिका सरकारले नागरिकको गोपनियताको अनुगमन गर्न आफ्नो शक्तिको दुरुपयोग गरेको छ साथै जनताको आवाज तथा अभिव्यक्तिको स्वतन्त्रतालाई दबाइएको छ। फेडरल ब्युरो अफ इन्भेस्टिगेसन एफबीआईले विदेशी खुफिया निगरानी ऐन नम्बर ७०२ धारालाई घरेलु निगरानीको रूपमा सञ्चालन गरेको थियो। यसरी अमेरिकी कङ्ग्रेसका सदस्यहरू, कङ्ग्रेसका अभियन्ताहरू र जातिवाद विरोधी प्रदर्शनकारीहरूको मोबाइल तथा कम्प्युटरको "व्यापक र निरन्तररूपमा" निगरानी सञ्चालन गरिएको थियो। अमेरिकाका धेरै राज्यहरूले कानून पारित गरी सरकारी विद्यालयमा जाति, इतिहास र लिङ्गको भिन्नतासमेतका विशिष्ट विषयहरू रहेका शैक्षिक सामग्री र पुस्तक सार्वजनिक गर्न प्रतिबन्ध लगाउने गरेको छ। अमेरिकी विश्वविद्यालय तथा कलेजमा शिक्षक तथा कर्मचारीहरूलाई आफ्नो आवाज वा अभिव्यक्तिका कारण सजाय वा बर्खास्त गरिएको संख्या गएको २० वर्षयता सबैभन्दा ठूलो देखिन्छ।

प्रहरी दुरुपयोगबाट भएको हिंसाका कारण मृत्यु हुनेको संख्या ठूलो हुँदैआएको छ र प्रहरीको जवाफदेहिता प्रणाली केही प्रभावकारी देखिएको छैन। अमेरिकी प्रहरीले सन् २०२३ मा कम्तिमा १२४७ जना व्यक्तिलाई मारेको छ र प्रहरीले औसतरूपमा प्रत्येक दिन कम्तिमा ३ जनालाई मार्ने गरेको छ। प्रहरीको आन्तरिक मामिला इकाइहरू प्रायः दुराचारको अनुसन्धान गर्नुभन्दा सहकर्मीहरूलाई दोषमुक्त गर्नुमा बढी चासो राख्छन् जसकारण अधिकारीहरूलाई जवाफदेही बनाउन असफल भएको छ। अमेरिकी रोग रोकथाम तथा नियन्त्रण केन्द्रको आधिकारिक मृत्यु तथ्याङ्कका अनुसार आधाभन्दा बढी प्रहरी हत्याहरूलाई गलतरूपमा "सामान्य हत्या वा आत्महत्या" भनेर लेखिएको छ।

अमेरिका विशाल संख्यामा बन्दी र जबरजस्ती श्रम समस्याले ग्रस्त छ, र यो वास्तवमै "झ्यालखाना राष्ट्र" हो। विश्व जनसंख्यामा ५ प्रतिशत भन्दा कम हिस्सा भए तापनि विश्वभरिका बन्दीहरूको २५ प्रतिशत भाग अमेरिकी बन्दीहरू रहेका छन्, जसले अमेरिकालाई विश्वको सबैभन्दा उच्च बन्दी दर र बन्दी संख्याको देश बनाएको छ। झ्यालखानाद्वारा बन्दीहरूलाई न्यून तलब वा बिना तलब, बिना सुविधाको काममा लगाइन्छ तर उनीहरूबाट हरेक वर्ष अरबौँ डलर मूल्यका वस्तु र सेवाहरू सिर्जना हुन्छन्।

अमेरिकी पार्टीहरू बीचको संघर्ष निरन्तर रुपमा बढिरहेको छ, र चुनावमा घुसपैठ गर्दै विभिन्न खेलहरू खेलिन्छन्। ११८औँ अमेरिकी कङ्ग्रेसमा दुई पटक प्रतिनिधि सभामा "सभामुख चयन" को हास्यमय नाट्य देखियो, र २०२३ मा कङ्ग्रेसको विधायिक क्षमता अमेरिकी गृहयुद्धयता सबैभन्दा न्यून रहेको छ। दुई पार्टीहरूले विभिन्न तरिकामा निर्वाचन क्षेत्र पुनर्गठन गर्दै, पार्टीको आफ्नो स्वार्थका लागि साधारण जनताका अभिव्यक्तिलाई विकृत गर्दैछन्। १६ वटा राज्यमा कङ्ग्रेस निर्वाचन क्षेत्रको पुनर्गठनमा स्पष्ट घुसपैठ रहेको छ, जसमध्ये १२ राज्य "सामान्यतया गम्भीर रूपमा घुसपैठ गरिएका राज्यहरू" मानिन्छन्। अमेरिकी आमजनता संघीय तथा विभिन्न स्तरका सरकार र राजनीतिप्रति अत्यधिक निराश छन्, ७६ प्रतिशत अमेरिकीले आफ्नो देश गलत दिशामा गइरहेको ठहर गरेका छन्।

अल्पसंख्यकले प्रणालीगत जातीय भेदभाव बेहोर्नु परेको छ, जसले उनीहरुलाई गहिरो चोट पुर्याएको छ। अफ्रिकी मूलका मानिसहरूलाई प्रहरीद्वारा मारिने सम्भावना श्वेत मानिसहरूको तुलनामा तीन गुणा बढी छ, र बन्दी हुने सम्भावना श्वेत मानिसहरूको तुलनामा साढे चार गुणा बढी छ। हालसालैका १ वर्षमा झन्डै तीन चौथाइ चिनियाँ अमेरिकीहरूले जातीय भेदभाव भोगेका छन्, र ५५ प्रतिशत चिनियाँ अमेरिकीहरू अपराध या दुर्व्यवहारले आफ्नो व्यक्तिगत सुरक्षामा खतरा पुर्याउने चिन्तामा छन्। अमेरिकी रेड इन्डियन्स आदिवासीहरू सधैँ सांस्कृतिक दमनमा बाँचिरहेका छन्, जसको धर्म, विश्वास र परम्परागत रीति-रिवाजलाई निर्दयी रूपमा समाप्त पारिएको छ। जातिवाद विचारधारा अमेरिकामा व्यापक रूपमा फैलिएको छ र यो अरु मुलुकहरूतिर समेत सर्दै गएको छ।

आर्थिक र सामाजिक असमानता दिन प्रतिदिन बढिरहेको छ, र निम्न वर्गका मानिसहरू कठिन जीवन बिताइरहेका छन्। अमेरिकाले सधैँ "आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता" लाई अनुमोदन गर्न अस्वीकार गर्दै आएको छ। गरिबहरूको शोषण, धनीहरूलाई भत्ता दिने र तहगत पृथक्किकरण गर्ने प्रणालीगत संरचनाका कारण, अमेरिकामा धनी-गरिब बीचको फरक सन् १९२९ को आर्थिक संकट यताको सबैभन्दा गम्भीर स्तरमा पुगेको छ। "काम गरेर पनि गरिब" भएका मानिसहरू समान अवसरहरू प्राप्त गर्नबाट वञ्चित छन् र माथि उठ्न पनि गाह्रो छ। घरबारविहीनहरूको संख्या ६ लाख ५० हजार भन्दा धेरै भइसकेको छ, जुन २००७ यता सबैभन्दा उच्च हो। लागुपदार्थ र औषधिको दुरुपयोग व्यापक रूपमा फैलिएको छ। आत्महत्याको दर लगातार बढिरहेको छ।

अमेरिकाले संयुक्त राष्ट्र संघको "महिलाहरूप्रति सबै प्रकारका भेदभाव उन्मूलन सन्धि" लाई अहिलेसम्म अनुमोदन गरेको छैन। साथै अमेरिका "बाल अधिकार सन्धि" लाई अनुमोदन नगरेको संयुक्त राष्ट्र संघको एकमात्र सदस्य राष्ट्र पनि हो। अमेरिकाको संविधानले अहिलेसम्म लिङ्ग भेदभावलाई निषेध गर्ने प्रावधानहरू समावेश गरेको छैन र यो संसारको एकमात्र देश हो जसले बालबालिकालाई जीवनभरको कैदमा कुनै पैरोलको सुविधा दिँदैन। बितेका २० वर्षयता अमेरिकी गर्भवती र सुत्केरी महिलाहरूको मृत्यु संख्या दोब्बरभन्दा बढेर गएको छ। २२ लाखभन्दा बढी बच्चा जन्माउने उमेरका अमेरिकी महिलाहरूले प्रसुति सेवा प्राप्त गर्न सक्दैनन्। कम्तिमा २१ राज्यहरूले गर्भपतनलाई प्रतिबन्ध वा कडा रुपमा सीमित गरेका छन्। हरेक वर्ष झन्डै ५४,००० महिलाहरू गर्भवती भेदभावका कारण बेरोजगारी हुन्छन्। लाखौँ बालबालिकाहरू चिकित्सा बीमा सहायता प्राप्त गर्ने योग्यताबाट विमुख छन्।

सिमाना क्षेत्रमा मानवीय संकट चर्कँदै गएको छ र आप्रवासीहरूको जीवन निकै दु:खद रहेको देखिन्छ। अमेरिकी दक्षिणी सिमानालाई अन्तर्राष्ट्रिय आप्रवासी संगठनले विश्वको सबैभन्दा खतरनाक स्थल आप्रवासन मार्गको रूपमा सूचिबद्ध गरेको छ। सन् २०२३ को सेप्टेम्बर ३० तारिखसम्मका १२ महीनामा,एलपासो सिमाना गस्ती क्षेत्रमा मात्रै १४९ जना आप्रवासीहरूको मृत्यु भएको छ। सन् २०२३ आर्थिक वर्षमा अमेरिकी दक्षिणी सिमानामा पक्राउ वा निष्काशन गरिएका आप्रवासीहरूको कुल संख्या २४ लाखभन्दा बढी रहेर नयाँ ऐतिहासिक किर्तिमानको सिर्जना गरेको छ। सीमाभित्र प्रवेश गरेका आप्रवासीहरूले यातना र अन्य अमानवीय व्यवहार भोगिरहेका छन्। सिमाना नीतिले मानव तस्करीको समस्या बढाइरहेको छ, आधुनिक दासताको प्रचलन बढाउँदै छ, र आप्रवासी बालबालिकाहरूलाई जबरजस्ती श्रम र शोषणको शिकार बनाइरहेका छन्।

अमेरिकाले लामो समयदेखि प्रभुत्ववाद, एकतर्फीवाद र बलियाको राजनीतिलाई अपनाउँदै आएकाले मानवीय संकट उत्पादन गर्दै आएको छ। "९/११" घटनापछि, अमेरिकाले विदेशी "आतंकवादविरोधी युद्ध" मच्चाएका क्षेत्रमा कुल मृत्युको संख्या कम्तिमा ४५ लाखदेखि ४७ लाखसम्म पुगेको छ। अमेरिकी सैन्य पक्षले दर्जनौँ देशहरूमा "विदेशी एजेन्ट कार्यक्रम" चलाएर अन्य देशहरूको सार्वभौमसत्ता र मानव अधिकार उल्लङ्घन गरेको छ। अमेरिकाले लगातार भिडन्तग्रस्त क्षेत्रहरूमा हतियार आपूर्ति गरेबाट निर्दोष नागरिकहरूको ठूलो संख्यामा मृत्यु गराएको छ। गम्भीर मानव अधिकार उल्लङ्घन गरिएको ग्वान्टानामो जेल अहिलेसम्म पनि सञ्चालनमा रहिरहेको छ। लामो समययता अमेरिकाले एकतर्फी प्रतिबन्ध लगाउँदै आएकाले गम्भीर मानवीय परिणामहरू निम्त्याएको छ।

अमेरिकामा मौजुद विविध मानव अधिकार समस्या केवल केही व्यक्तिहरूको विशेषाधिकारको रूपमा परिणत गरिएको मात्र नभई त्यसले विश्वका मानव अधिकार क्षेत्रमा पनि गम्भीर खतराहरू निम्त्याइरहेको छ।