चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा राष्ट्रिय जनसुरक्षा कार्य सम्मेलनका प्रतिनिधिसँग भेटघाट
2024-05-29 17:12:16cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव, चिनियाँ राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले मे २८ तारिख अपराह्न पैचिङस्थित जनवृहत सभाभवनमा राष्ट्रिय जनसुरक्षा कार्य सम्मेलनका प्रतिनिधिहरुसँग भेटघाट गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। उहाँले सार्वजनिक सुरक्षा कार्यको आधुनिकीकरणलाई बढाउन र सुदृढ देश निर्माण एवम् चिनियाँ राष्ट्रको पुनरुत्थानको महान् कार्यमा नयाँ र बृहत्तर योगदान गर्न देशभरका ठूलो सङ्ख्यामा रहेका सार्वजनिक सुरक्षा जनप्रहरी र सहायक प्रहरीलाई प्रेरणा दिनुभयो।