चीनको राज्य परिषद्को प्रेस कार्यालयद्वारा “अमेरिकाद्वारा मानव अधिकार उल्लङ्घन प्रतिवेदन सन् २०२३’ प्रकाशित
2024-05-29 15:05:37CRI
Share with:

चीनको राज्य परिषद्को प्रेस कार्यलयले २९ तारिख “अमेरिकाले मानव अधिकार उल्लङ्घन गरेको प्रतिवेदन सन् २०२३’ जारी गर्दै अमेरिकाले मानवअधिकार उल्लङ्घन गरेको तथ्यलाई भण्डाफोर गरेको छ।

 

सो प्रतिवेदनमा अग्र भनाइ, नागरिकको राजनीतिक अधिकार निराधार, भेदभाववाद ज्यादै हानीकारक, आर्थिक र सामाजिक असन्तुलन दिनप्रति दिन चर्कँदै गएको, महिला र बाल-बालिकाको हक-अधिकारको लगातार उल्लङ्घन, भिसारहित आप्रवासीको दु:खद जीवन र अमेरिकी शैलीको प्रभुत्वबाट मानवीय सङ्कटको सिर्जना लगायतका ७ भाग समावेश छन्।

 

उक्त प्रतिवेदनमा भनिएको छ: लामो समयदेखि अमेरिकाले प्रभुत्ववाद अपनाउँदै जथाभावी रूपमा सशस्त्र शक्तिको दुरूपयोग गरी एकतर्फी रूपमा प्रतिबन्ध लगाउँदै आएको छ। जस कारण क्षेत्रीय तनावपूर्ण परिस्थितिको सिर्जना हुनुका साथै क्षेत्रीय सशस्त्र भिडन्त चर्काएर अधिकांश सर्वसाधारण हताहतीमा परेका छन् र गम्भीर मानवतावादी सङ्कट पनि देखा परेको छ। यसबाहेक अमेरिकाले विदेशी प्रतिनिधित्व भन्ने गतिविधि चलाउँदै अरू देशको सामाजिक स्थिरतालाई बिगार्नुका साथै अरू देशको मानव अधिकार उल्लङ्घन गर्दै आएको छ।