जी ७ समूहले किन चीनमाथि “नयाँ ऊर्जाको अधिक क्षमता” भन्ने टोपी लगाइदिएको छ?
2024-05-29 10:51:39cri
Share with:

हालै जी सात समूहका अर्थ मन्त्री तथा केन्द्रिय बैंकका गभर्नर स्तरीय सम्मेलन उत्तरी इटालीमा अवस्थित स्ट्रिसा शहरमा सम्पन्न भएको छ। सो सम्मेलनले एउटा वक्तव्य प्रकाशित गर्दै नयाँ ऊर्जा क्षेत्रमा चीनको तथाकथित “नयाँ ऊर्जाको अधिक क्षमता” तथा त्यसबाट ल्याइने निहित प्रभावको निरन्तर रुपमा प्रचार प्रसार गर्नुका साथै विश्व व्यापार संगठनको सिद्धान्त बमोजिम चीनमाथि कारवाही गर्न सक्ने जनाएको छ।

 

बजारको प्रतिस्पर्धा सुहाउने शक्तिशाली क्षमता भएपछि चीनको नयाँ ऊर्जा उद्योगको तीव्र विकास भएको छ। र अझ महत्त्वपूर्ण कुरा चीनको नयाँ ऊर्जा उद्योगको विकास विश्वको जलवायु सम्बन्धी लक्ष्य पूरा गर्न तथा ऊर्जामा परिणत गर्नका लागि महत्त्वपूर्ण अर्थ रहेको छ।

 

तैपनि खेद लाग्ने कुरा के हो भने अमेरिका लगायत पश्चिमा मुलुकहरुका केही राजनीतिज्ञहरुले तथाकथित “चीनको अधिक क्षमता समबन्धी सिद्धान्त” निरन्तर रुपमा प्रचार प्रसार गर्दै आएका छन्। यस्तो गतिविधि विश्व व्यापार तथा उत्पादन श्रृंखलाको स्थिर विकाससँग प्रतिकूल रहनुका साथै जलवायु परिवर्तनको सामना गर्ने तथा हरित ऊर्जाको विकास गर्ने सम्बन्धमा विश्वको साझा लक्ष्य विपरित रहेको छ। त्यसैले अमेरिकालगायत पश्चिमा मुलुकहरुले चीनको नयाँ ऊर्जा उद्योगप्रति आफ्नो राजनीतिक हल्लाखल्ला अन्त्य गरी निष्पक्ष प्रतिस्पर्धा, सहकार्य तथा साझा जीत भन्ने बाटोमा फर्कनुपर्छ।