ग्रामीण सडकहरूको उच्च गुणस्तरीय विकासमा सी चिनफिङको जोड
2024-05-29 19:37:43cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हालै "राम्रा ग्रामीण सडकको निर्माणमा ४ पक्ष"मा अझ राम्रो काम गर्ने महत्वपूर्ण निर्देशन दिनुभएको छ। बिगतका वर्षहरूमा, चीनको यातायात मन्त्रालय लगायत सम्बन्धित विभागहरू र क्षेत्रहरूले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका निर्णयहरू र व्यवस्थाहरूको इमानदारीपूर्वक कार्यान्वयन गरेका छन्। कठिनाइहरूलाई दृढतापूर्वक पार गरेका छन्, र "राम्रा ग्रामीण सडकको निर्माणमा ४ पक्ष" काममा उल्लेखनीय उपलब्धिहरू प्राप्त भएको छ। यसै क्रममा किसानहरूको सन्तुष्टि प्राप्ति, खुशी र सुरक्षाको भावना निरन्तर वृद्धि भइरहेको छ र ग्रामीण सडकहरू जनताको समृद्धि र खुशीको प्राप्त गर्ने, मन जोड्ने र पुनरुत्थान स्थापना गर्ने मार्गमा परिणत भएका छन्।

"राम्रा ग्रामीण सडकको निर्माणमा ४ पक्ष" को उच्च-गुणस्तरीय विकासलाई बढाउने साइट बैठक २०२४, मे २९ तरिखमा चच्याङ प्रान्तको शाउसिङमा आयोजित भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक आयोगका सदस्य तथा राज्य परिषद्का उपप्रधानमन्त्री ह लिफङले सी चिनफिङका महत्वपूर्ण निर्देशनबारे अवगत गराउँदै उक्त बैठकमा सम्बोधन गर्नुभयो।

प्राप्त जानकारी अनुसार, सन् २०१४ मार्च ४ तारिख, सी चिनफिङले 'राम्रा ग्रामीण सडकको निर्माणमा ४ पक्ष' को प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। सी चिनफिङले भन्नुभयोः "ग्रामीण सडकहरूको निर्माण, व्यवस्थापन, संरक्षण र सञ्चालन कामलाई राम्रोसँग गर्नु आवश्यक छ। ग्रामीण विकासमा बाधा पुर्याउने ट्राफिक अवरोधहरू क्रमशः हटाउँदै लैजानुपर्छ र व्यापक किसानहरूलाई गरिबीबाट मुक्त हुन र सम्पन्न जीवन बिताउनका लागि राम्रो ग्यारेन्टी प्रदान गर्नु आवश्यक छ।