चीन-युरोप रेल एक्सप्रेस वास्तवमा एशिय-युरोपको व्यावसायिक सुनौलो बाटो बनेको छ -चिनियाँ परराष्ट्र मन्त्रालय
2024-05-29 10:56:05CRI
Share with:

हालसम्म, चीन-युरोप रेल एक्सप्रेसको आवतजावत सँख्या ९० हजार नाघिसकेको छ, जसको मूल्य ३ खर्ब ८० अर्ब अमेरिकी डलर नाघेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले २८ तारिख चीन-युरोप रेल एक्सप्रेसको सँख्या नयाँ उचाइमा पुगेकोले दुई क्षेत्रबीच सुनौलो बाटो वास्तविकतामा परिणत भइसकेको व्यक्त गर्नुभयो।

माओ निङले “बेल्ट एण्ड रोड” को साझा निर्माणका मूख्य परियोजना एवम् प्रसिद्ध ब्रान्डका रूपमा, चीन-युरोप रेल एक्सप्रेस युरोपका २५ वटा मुलुकहरूका २२३ वटा शहरमा पुगिसकेको तथा यो एक्सप्रेसमा एशियाका ११ मुलुकहरूका १०० भन्दा बढीका शहरहरू जोडिइसकेको पनि बताउनुभयो।

माओ निङले जोड दिनुभयो, चीन सम्बन्धित् मुलुकहरूसँग संयुक्त रूपमा प्रयास गरेर चीन-युरोप रेल एक्सप्रेसको उच्चगुणस्तरीय विकासलाई प्रवर्द्धन गर्न, विश्व अर्थतन्त्रलाई थप स्थिर बनाउन र संयुक्त विकासलाई नयाँ शक्ति प्रदान गर्न इच्छुक छ।