चिनियाँ उप परराष्ट्र मन्त्री माले अमेरिकाको भ्रमण गर्नुहुने
2024-05-29 17:10:54cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले मे २९ तारिख जानकारी दिनु भए अनुसार, अमेरिकी पक्षको निमन्त्रणामा चिनियाँ उप परराष्ट्र मन्त्री मा चाउ स्युले मे ३० देखि जुन २ सम्म अमेरिकाको भ्रमण गरी अमेरिकी उपविदेशमन्त्री क्याम्पबेलसँग बैचारिक आदानप्रदान गर्नुका साथै अमेरिकाका विभिन्न क्षेत्रका प्रतिनिधिहरुसँग सम्पर्क र आदानप्रदान गर्नु हुनेछ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले हालै गर्नुभएको चीन भ्रमणका क्रममा चीन र अमेरिकाबीच पाँच बुँदे सहमति भएको थियो। जसमा दुवै पक्षबीच उच्चस्तरीय आदानप्रदान लगायत विभिन्न तहका सम्पर्कहरुलाई कायम गर्ने सहमति पनि समावेश छ।

चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा एक प्रश्नको जवाफ दिँदै प्रवक्ता माउ निङले उप परराष्ट्र मन्त्री मा चाउस्युको अमेरिका भ्रमणको बारेमा जानकारी दिनुभएको हो।