तत्काल युद्धविराम र हिँसात्मक गतिविधि बन्द गरी महिला र युवाको सुरक्षाको संरक्षण गर्न: चीनको आह्वान
2024-05-30 16:05:27CRI
Share with:

मे २८ तारिख संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले “महिला र युवा-युवतीले शान्ति र सुरक्षा कार्यमा निर्वाह गर्ने भूमिका” शीर्षकमा मन्त्री स्तरीय बहस सम्मेलनको आयोजना गरेको छ। सम्मेलनमा सहभागी चिनियाँ प्रतिनिधि फु छोङले महिला र युवा-युवतीको सुरक्षाको संरक्षणका लागि सक्रियताका साथ युद्धविराम गर्न र हिँसात्मक गतिविधि बन्द गर्न अन्तर्राष्ट्रिय समाजलाई आह्वान गर्नुभएको छ।

 

सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको संरक्षण गर्ने मुख्य कर्तव्यलाई बहन गर्दै युद्धविरामलाई साकार तुल्याउनका लागि अथक प्रयास गर्नुपर्ने कुरामा संयुक्त राष्ट्र संघका लागि चिनियाँ आबासीय प्रतिनिधि फु छोङले जोड दिनुभएको छ।

 

उहाँका अनुसार, विश्वव्यापी साझेदारी सम्बन्धलाई गहन पार्नु र महिला तथा युवा-युवतीका कार्यलाई प्रवर्द्धन गर्नु ज्यादै आवश्यक छ। आ-आफ्नो वचन-बद्धताको अक्षरश: पालना गर्दै विकासोन्मुख मुलुकका महिला र युवा-युवतीका कार्यको विकासलाई प्रवर्द्धन गर्ने कुरालाई प्राथमिकता राख्न चीनले विकसित मुलुकहरूलाई पनि आह्वान गरेको छ।