पपुवा न्युगिनीका गभर्नर डाडेलाई भीषण पैह्रोप्रति चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सान्त्वना सन्देश
2024-05-30 18:43:09cri
Share with:

मे २६ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पपुवा न्युगिनीका गभर्नर बब डाडेलाई पपुवा न्युगिनीमा गएको भीषण पैह्रोप्रति समवेदना सन्देश पठाउनुभयो। राष्ट्राध्यक्ष सीको समवेदना सन्देश यस प्रकारको छः

‘पपुवा न्युगिनीमा आएको गम्भीर पैह्रोका कारण ठूलो जनधनको क्षति भएको खबरले म स्तब्ध भएको छु। चीन सरकार र चिनियाँ जनताको तर्फबाट म पीडितहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दछु र पीडित तथा घाइतेका परिवारप्रति हार्दिक सान्त्वनान दिन चाहन्छु। हामीलाई विश्वास छ पपुवा न्युगिनीले कठिनाइहरू पार गर्दै आफ्नो घरबारको पुनर्निर्माण गर्न सक्षम हुनेछ। यस सम्बन्धमा चीन सहयोग प्रदान गर्न तयार छ।’