क्रोएसियाका प्रधानमन्त्रीलाई चिनियाँ प्रधानमन्त्रीको बधाई सन्देश
2024-05-30 18:34:13cri
Share with:

मे २४ मा, चिनियाँ प्रधानमन्त्री ली छ्याङले आन्द्रेज प्लेन्कोभिकलाई क्रोएशियाको प्रधानमन्त्रीमा पुन: निर्वाचित हुनुभएकोमा बधाई सन्देश पठाउनुभयो।

सन्देशमा चीन र क्रोएसियाबीचको व्यापक सहयोगात्मक साझेदारी सम्बन्ध समृद्ध हुँदै गएको र प्रत्येक आयोजना पेल्जेसाक पुलसहित दुई पक्षबीचको व्यावहारिक सहयोग फलदायी भएको प्रधानमन्त्री ली छ्याङले उल्लेख गर्नुभयो। चीनले चीन–क्रोएसिया सम्बन्धको विकासमा ठूलो महत्व दिँदै चिनियाँ शैलीको आधुनिकीकरणले ल्याएको नयाँ अवसर क्रोएशियासँग बाँड्न चीन तयार छ। परम्परागत मित्रता र पारस्परिक राजनीतिक विश्वासलाई मजबुत बनाउन, व्यापक परामर्श र संयुक्त निर्माणलाई प्रवर्द्धन गर्न, एक अर्काको लाभ र साझा जीतको परिणामलाई सबल पार्न दुवै पक्षले मिलेर काम गर्ने आशा पनि गरिएको छ। जसबाट द्विपक्षीय सम्बन्धलाई नयाँ स्तरमा पुर्याउने अपेक्षा पनि गरिएको छ।