राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चीन-अरब सहकार्य मञ्चको दशौँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन समारोहलाई मुख्य विषयक सम्बोधन
2024-05-30 16:02:17CRI
Share with:

मे ३० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङ त्याउ यु थाइ राष्ट्रिय अतिथि भवनमा चीन-अरब सहकार्य मञ्चको दशौँ मन्त्री स्तरीय सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुहुँदै मुख्य विषयक सम्बोधन गर्नुभएको छ।

 

सम्बोधन गर्नुअघि राष्ट्राध्यक्ष सीले बहराइनका राजा, इजिप्टका राष्ट्रपति, ट्युनिसियाका राष्ट्रपति, संयुक्त अरब इमिरेट्सका राष्ट्रपति, अरब लीगका महासचिवबाहेक अरबेली मुलुकका प्रतिनिधि मण्डलका अन्य २२ जना सदस्यसँग हात मिलाउँदै सामूहिक फोटो पनि खिच्नुभएको छ।

 

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले अरबेली मुलुकसँगै मिलेर चीन-अरब मैत्रीपूर्ण भावनाको प्रचार प्रसार गर्नुका साथै ५ वटा सहयोगात्मक प्रारूपको स्थापना गरी चीन-अरब भाग्य एकरूपताको निर्माणलाई तीव्रता दिँदै जान चीन इच्छुक रहेको कुरामा जोड दिनुभएको छ।

 

राष्ट्राध्यक्ष सीले मुख्य विषयक सम्बोधनमा चर्चा गर्नुभएको ५ वटा सहयोगात्मक प्रारूप यस प्रकार छन्:

पहिलो, अझ जीवन्त सिर्जनशील विकास प्रारूपको निर्माण।

दोस्रो, अझ ठूलो परिमाणको लगानी र बैकिङ प्रारूपको निर्माण।

तेस्रो, अझ ध्रुवीय उर्जा सहयोगात्मक प्रारूपको निर्माण।

चौथो, अझ सन्तुलित आर्थिक-व्यापारिक आपसी हितयुक्त प्रारूपको निर्माण।

र पाँचौँ, अझ फराकिलो सांस्कृतिक र बौद्धिक आदानप्रदान प्रारूपको निर्माण।