गलत बाटोमा हिँडिरहेको अमेरिकी सरकारले अमेरिकी व्यवसाय र सर्वसाधारणलाई अझै क्षति पुर्याउने
2024-05-30 10:50:10cri
Share with:

अमेरिकी सरकारले मे १४ तारिख चिनियाँ मालसामानहरुमाथि नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय जनमतले त्यसको आलोचना गरेको छ। अमेरिकाले निरन्तर रुपमा आर्थिक तथा व्यापारिक समस्याहरुलाई राजनीतिकरण गर्दै आएको कुराले चीन-अमेरिका आर्थिक तथा व्यापारिक आदान-प्रदानलाई क्षति पुर्‍याउनुका साथै सम्बन्धित उद्योगको विकासका लागि हानिकारक रहेको धेरै सञ्चार माध्यमहरुले ठहर गरेका छन्।

यसमध्ये, चिनियाँ विद्युतीय कारका लागि थप भन्सार कर आश्चर्यजनक छ, २७.५ बाट १०२.५ प्रतिशतसम्म बढाइएको छ। सौर्य ब्याट्रीका लागि २५ बाट ५० प्रतिशतसम्म बढाइएको छ। लिथियम ब्याट्रीका लागि ७.५ बाट २५ प्रतिशतसम्म बढाइएको छ। स्पष्टरूपमा देख्नसकिन्छ कि अमेरिकी सरकारको यस गतिविधिको मुख्य लक्ष्य चीनको नयाँ ऊर्जास्रोत सम्बन्धी व्यवसाय हो। हाल धेरै अमेरिकी उच्च पदाधिकारीहरुले घनारुपमा तथाकथित चिनियाँ  नयाँ ऊर्जास्रोतको“अत्याधिक क्षमता”भन्ने भनाइलाई उत्तेजित गरेको कारण भन्सार कर बढाउन निहुँ बनाएको हो।

अमेरिकाले फेरि पनि भन्सार करको लठ्ठी उठाउँदै के कस्तो भूमिका खेल्ने छ?धेरैजसो सीमितता भएको कारण चिनियाँ विद्युतीय कार,लिथियम ब्याट्री र चिप ठूलो परिमाणमा अमेरिकी बजारमा प्रवेश गरेका छैनन्।  सम्बन्धित् तथ्याङ्कअनुसार हाल विद्युतीय कार,चिकित्साबस्तु र सेमी कन्डक्टर बस्तुले अमेरिकाका लागि चीनको कूल निकासमा केवल ५.९ प्रतिशत भाग ओगटेको छ भने यो चीनको कूल निकासामा १ प्रतिशतभन्दा कम रहेको छ। सन् २०२३ मा अमेरिकाका लागि निर्यात गरिएको चिनियाँ विद्युतीय कारको सँख्या केवल २०००भन्दा कम छ। जापानी सञ्चार माध्यम《निहोन केइजाइ शिम्बुन》काअनुसार चीनका यी सम्बन्धी व्यवसायहरु अमेरिकी बजारमा निर्भर छैन। अमेरिकाको उक्त गतिविधिले चिनियाँ व्यवसायलाई वास्तविक प्रभाव पार्ने छैन।

अमेरिकी सरकारले किन यस्तो गरेको छ त?विश्लेषकका अनुसार एकातिर अमेरिकाले नयाँ ऊर्जास्रोत आदि क्षेत्रमा चीनसँग प्रतिस्पर्धा गर्न सक्दैन भन्ने आधारमा अमेरिकी राजनीतिज्ञहरुले व्यापार संरक्षणवादको नामबाट चिनियाँ श्रेष्ठ व्यवसायको विकासलाई रोक्दै आफ्ना व्यवसायहरुका लागि अझ फाइदाजनक वातावरण खोज्दै छन्। अर्कातिर यो गतिविधि एक राजनीतिक शौ हो। यस वर्ष अमेरिकाको निर्वाचन वर्ष हो। अमेरिकी अर्थतन्त्रका सामु उच्च मुद्रास्फीति,उच्च वित्तीय घाटा लगायत धेरै कठिनाईहरू देखापरेका छन्। “आफ्नो गल्तीलाई अन्यमाथि सार्नु” वर्तमान सरकारको मनपर्ने छनौट हो। तापनि मत बढाउनका लागि नयाँ भन्सार कर लगाउने अमेरिकी राजनीतिज्ञहरुको इच्छा पूरा हुने छैन। धेरै वास्तविकताहरूबाट प्रमाणित छ कि सन् २०१८ मा अमेरिकी सरकारले चीनसँग व्यापार युद्ध गरेदेखि अमेरिकी व्यवसाय र सर्वसाधारणले भारी मूल्य चुकाउनुपरेको छ। मूडीजका अनुसार अमेरिकी उपभोक्ताहरुले चीनका लागि लगाइने नयाँ भन्सार करको ९२ प्रतिशत लागत वहन गरेका छन्। अमेरिकी सरकार गलत बाटोमा हिँड्दै छ र हाल अझै बढी गलततर्फ हिँडिरहेको छ जसले अमेरिकी व्यवसाय र सर्वसाधारणलाई अझ क्षति पुर्याउने छ।

चीनको नयाँ ऊर्जा उद्योगको खुलापन तथा प्रतिस्पर्धाले विश्व आपूर्तिमा प्रचुरता थप्दै विश्वको मुद्रास्फितिलाई खुकुलो पारी जलवायु परिवर्तन तथा हरित विकासमा परिणत गर्नका लागि विशाल योगदान पुर्‍याएको वास्तविकताबाट प्रमाणित छ। अमेरिकाले चीनमाथि सक्दो दबाव लगाए तापनि चीनको विकास तथा पुन:उत्थानको रोकथाम गर्न सक्दैन, बरु आफ्नो लाइन अस्त-व्यस्त भएको छ र तर्कशीलता गुमाएको छ। अत्यधिक भन्सार शुल्क उठाएबाट अमेरिका अरु दु:खी हुनेछ।