चिनियाँ राष्ट्राध्यक्ष सी र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपतिबीच भेटवार्ता
2024-05-30 19:13:23cri
Share with:

मे ३० तारिख दिउँसो, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन-अरबेली मुलुक सहयोग मञ्चको १०औँ मन्त्रिस्तरीय सम्मेलनको उद्घाटन समारोहमा भाग लिन चीन भ्रमणमा रहनुभएका संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति मोहम्मद बिन सलमानसँग पैचिङमा भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा राष्ट्राध्यक्ष सीले आपसी सम्बन्धबारे चर्चा गर्दै भन्नुभयोः राष्ट्रपति मोहम्मदको यस पटकको चीन भ्रमणले आपसी सम्बन्धको विकासमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेको छु। चालु वर्ष जन गणतन्त्र चीन स्थापना भएको ७५ औँ वर्षगाँठ हो र चीन र युएई बीच दौत्य सम्बन्ध स्थापना भएको ४० औँ वर्षगाँठ पनि हो। रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्धको दिशालाई दृढतापूर्वक राख्दै पारस्परिक रणनीतिक साझेदारी सम्बन्धलाई सधैं फस्टाउने सुनिश्चित गर्न सँगै काम गर्न चीन तयार छ।

सोही दिन उहाँहरु सहयोग सम्झौता हस्ताक्षर समारोहमा पनि सहभागी हुनुभएको छ।