चीनले सन् २०२६ मा दोस्रो चीन-अरब शिखर सम्मेलनको आयोजना गर्ने: सी चिनफिङ
2024-05-30 16:04:11CRI
Share with:

मे ३० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङ त्याउ यु थाइ राष्ट्रिय अतिथि भवनमा चीन-अरब सहकार्य मञ्चको दशौँ मन्त्री स्तरीय सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुहुँदै मुख्य विषयक सम्बोधन गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सीले पहिलो चीन-अरब शिखर सम्मेलनको प्रतिफललाई व्यवहारमा उतारिएको अवस्थाप्रति चीनलाई सन्तुष्टी लागेको बताउनुहुँदै अरबेली मुलुकसँगै मिलेर शिखर सम्मेलनको रणनीतिक निर्देशनात्मक भूमिका निर्वाह गरी निरन्तर रूपमा चीन-अरब सम्बन्धलाई अझ विकसित पार्दै जान चीन इच्छुक रहेको औँल्याउनुभएको छ।

 

चीनले सन् २०२६ मा चीनमा दोस्रो चीन-अरब शिखर सम्मेलनको आयोजना गर्ने कार्यक्रम रहेको छ। त्यो सम्मेलन चीन-अरब सम्बन्धका लागि अर्को कोसेढुङ्गा बन्नसक्ने विश्वास पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।