आगामी ५ वर्षमा चीन र अरबेली पक्ष बीच एक करोड पर्यटकहरु आदानप्रदान
2024-05-30 16:33:45CRI
Share with:

मे ३० बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ पैचिङमा चीन-अरबेली मुलुक सहयोग मञ्चको १० औँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुभई मुख्य सम्बोधन गर्नुभएको छ।

सम्बोधनमा सीले भन्नुभयोः चीनले अरबेली मुलुकसँग ‘विश्व सभ्यता अवधारणा चीन-अरब केन्द्र’ स्थापना गर्ने इच्छा लिएको छ। थिंकट्याङ्क  गठबन्धन र युवा विकास मञ्च, विश्वविद्यलय सँघ र सँस्कृति तथा पर्यटन अनुसन्धान केन्द्र जस्ता प्लेटफर्म निर्माणलाई तीब्रता दिन अरब पक्षसँग मिलेर काम गर्न चीन इच्छुक रहेको छ। चीनले हरेक वर्ष अरबका राजनीतिक दलका २०० जना नेतालाई चीन भ्रमण गर्न निमन्त्रणा दिने गर्छ र आगामी ५ वर्षमा एक करोड पर्यटक एक अर्का मुलुकमा भ्रमण गर्ने लक्ष्य राखिएको छ।