मे ३० को बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ पैचिङमा चीन-अरबेली मुलुक सहयोग मञ्चको १० औँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुभई मुख्य सम्बोधन गर्नुभएको छ।
सम्बोधनमा सीले भन्नुभयोः मध्यपूर्व विकासको उर्वर भूमि भएको तर यो भूमिमा युद्ध अझै बलिरहेको छ। युद्ध अनिश्चितकालसम्म जारी रहनु हुँदैन, न्याय स्थायी रूपमा अनुपस्थित हुनु हुँदैन। दुई-राज्य समाधान प्रस्तावलाई हल्लाउन सकिँदैन। सन् १९६७ मा निश्चित सीमामा आधारित पूर्वी जेरुसेलमलाई यसको राजधानी, पूर्ण सार्वभौमिकता सहितको स्वतन्त्र प्यालेस्टाइनी राज्यको स्थापना गर्नु, प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघको सदस्य बन्न र अझ वृहत्तर, अधिक आधिकारिक र प्रभावकारी अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको आयोजना गर्नका लागि चीनले दृढतापूर्वक समर्थन गर्दछ।