परराष्ट्र मन्त्री वाङ यीद्वारा चीन-रूस थिङ्कट्याङ्क उच्चस्तरीय मञ्चलाई भिडियो सम्बोधन
2024-05-31 15:11:26CRI
Share with:

 

मे ३० तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले भिडियो तरिकामार्फत् चीन-रूस थिङ्कट्याङ्क उच्चस्तरीय मञ्चलाई “अठोटलाई कायम राख्दै भविष्यतिर प्रयास गरौँ” शीर्षकको सम्बोधन गर्नुभएको छ।

 

मन्त्री वाङ यीका अनुसार, राष्ट्राध्यक्ष सी चिनफिङले विशेषत: ५ वटा बुँदाद्वारा चीन-रूस सम्बन्धको सफल अनुभवको निचोड निकाल्नुभएको छ। जुन दुवै पक्षले आपसी विश्वासलाई प्रवर्द्धन गर्ने र सहकार्यलाई विस्तार गर्ने मूलभूत सिद्धान्त रहेको छ।

 

ती ५ वटा बुँदाहरू यस प्रकार छन्: पहिलो, आपसी समर्थनमार्फत विकास र पुनरूत्थानलाई साकार तुल्याउने कुरालाई कायम राख्नु। दोस्रो, खुलापन र सहकार्यमार्फत् आपसी हितयुक्त र साझा जीत हुने कुरालाई कायम राख्नु। तेस्रो, आदानप्रदान र आवतजावतमार्फत जनमत आधारलाई सुदृढ पार्ने कुरालाई कायम राख्नु। चौथो, जिम्मेवार कर्तव्यमार्फत् विश्वव्यापी सञ्चालनलाई निर्देशन दिने कुरालाई कायम राख्नु। र पाँचौँ, निष्पक्ष अडान लिएर अन्तर्राष्ट्रिय मामिलामा सहभागी हुने कुरालाई कायम राख्नु।