माल्दिभ्सको संसदका नवनियुक्त सभामुखलाई बधाई
2024-05-31 18:01:21cri
Share with:

मे २९ मा चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष चाउ लचीले माल्दिभ्सका नवनियुक्त सभामुख  अब्दुल रहिमलाई बधाई  सन्देश पठाउनुभएको छ।

सन्देशमा चाउले भन्नुभएको छः चीन र माल्दिभ्स मित्रवत छिमेकी हुन्। कूटनीतिक सम्बन्ध स्थापना भएका ५२ वर्षमा दुई देशले एकअर्कालाई सधैँ सम्मान र समान व्यवहार गर्दै आएका छन् र एकअर्काको मुख्य हित र प्रमुख चासोका विषयमा दृढतापूर्वक समर्थन गर्दै आएका छन्। दुई देशका नेताहरूबीच हासिल भएका महत्वपूर्ण सहमतिको कार्यान्वयन, परम्परागत मित्रतालाई नवीकरण, चिनियाँ राष्ट्रिय जनकांग्रेस र माल्दिभ्सको संसदबीच मैत्रीपूर्ण आदानप्रदान र सहयोगलाई अघि बढाउन, चीन-माल्दिभ्स व्यापक रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई प्रगाढ बनाउन र चीन–माल्दिभ्स सयुक्त भाग्य समुदायको निर्माण गर्न म महामहिम अध्यक्षसँग काम गर्न तयार छु।