चीन र अमेरिकाका रक्षामन्त्रीबीच विचार आदानप्रदान
2024-05-31 20:04:22cri
Share with:

मे ३१ तारिख दिउँसो, चीनको रक्षा मन्त्रालयका प्रवक्ता वु छ्यानले साङ्ग्रिला संवादका क्रममा सिंगापुरमा पत्रकार सम्मेलन गरी वार्ताको क्रममा चिनियाँ र अमेरिकी रक्षामन्त्रीहरूबीच भएको भेटवार्ताको बारेमा जानकारी दिनुभएको छ ।

चीन र अमेरिकाबीच भएको सम्झौताअनुसार, चिनियाँ रक्षामन्त्री तोङ चुन र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनबीच सिंगापुरमा वार्ता भएको प्रवक्ता वु छ्यानले बताउनुभयो। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र अमेरिकी राष्ट्रपति बाइडनबीच भएको महत्वपूर्ण सहमतिको कार्यान्वयन गर्ने र दुई देशका सेनाबीचको सम्बन्धको स्वस्थ र स्थिर विकासलाई बढाउने उद्देश्यले उक्त भेट-वार्ता भएको हो। वार्ताका क्रममा दुई देशका रक्षामन्त्रीले चीन र अमेरिका तथा दुई देशका सेनाबीचको सम्बन्ध, थाइवान समस्या, दक्षिण चीन सागर मुद्दा, युक्रेन संकट र प्यालेस्टाइन-इजरायल द्वन्द्व लगायत विविध विषय बारेमा वैचारिक आदानप्रदान गर्नुभएको छ। उक्त भेट-वार्ता  सकारात्मक, व्यावहारिक र रचनात्मक रणनीतिक सम्पर्क भएको जनाइएको छ।