बेइजिङमा बहराइनका राजा हमादलाई राष्ट्राध्यक्ष सीद्वारा स्वागत
2024-05-31 19:12:53cri
Share with:

मे ३१ को दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन–अरबी मुलुक सहयोग मञ्चको १०औँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुका साथै चीनको राजकीय भ्रमणमा रहनुभएका बहराइनका राजा हमादसँग भेटवार्ता गर्नुभएको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले महामहिम राजाको चीनको राजकीय भ्रमणको साथै चीन–अरबी मुलुक सहयोग मञ्चको १०औँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन समारोहमा भाग लिनुभएकोमा स्वागत गर्नुभएको  छ। चिनियाँ जनताको पुरानो मित्रर चीनसँग सम्बन्ध विकास गर्न राजाले सधैं ठूलो महत्व दिनुभएको उल्लेख गर्नुभयो। ११ वर्षपछि फेरि चीन भ्रमणगर्नुभई आपसी सम्बन्धको विकासका लागि निकै महत्वपूर्ण भएको विचार पनि राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले अगाडी भन्नुभयोः बहराइन खाडी क्षेत्रमा चीनको असल मित्र र साझेदार हो। यस वर्ष आपसी कूटनीतिक सम्बन्ध स्थापना भएको ३५ औँ वर्षगाँठ मनाइँदैछ। दुवै पक्ष पारस्परिक सम्बन्धलाई चौतर्फी रणनीतिक साझेदारी सम्बन्धका अवसरलाई उपयोग गर्ने सहमत भएका छन्, जुन पारस्परिक सम्बन्धको इतिहासमा नयाँ कोसेढुङ्गा हो।