खुनमिङ कोषको उद्घाटनको अवसरमा जैविक विविधताप्रतिको संरक्षण सहकार्यलाई गहन बनाउन चीन इच्छुक - चीनको परराष्ट्र मन्त्रालय
2024-05-31 10:44:01CRI
Share with:

हालै चीनको खुनमिङ जैविक विविधता कोषको सहकार्य सम्झौताको हस्ताक्षर समारोह बेइजिङमा आयोजना भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले यस अवसरमा चीन अन्तर्राष्ट्रिय समाजसँग जैविक विविधताको संरक्षणमा अन्तर्राष्ट्रिय सहकार्यहरूलाई गहकिलो बनाउन, विश्वमा संयुक्त रूपमा मानव-प्रकृतिबीचको समन्वय र उज्यालो भविष्य सिर्जना गर्न इच्छुक रहेको व्यक्त गर्नुभएको छ।

सो समारोहमा संयुक्त राष्ट्र संघका उपसचिव एवम् राष्ट्र संघीय वातावरण परियोजना कार्यालयका अध्यक्ष इन्गर एन्डर्सनले खुनमिङ जैविक विविधता कोषको उद्घाटनबाट विश्वका विकासशील मुलुकहरूको जैविक विविधताको सुरक्षा तथा संरक्षणप्रति चीनको समर्थन र योगदानलाई देखाउन सकिने बताउनुभएको छ।