"चीन र विश्व: सहकार्य, चुनौती र साझा जीत" विषयक गोष्ठी पैचिङमा आयोजित
2024-05-31 10:49:34cri
Share with:

चिनियाँ कम्युनिष्टा पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले अन्तर्राष्ट्रिय सञ्चार क्षमताको निर्माणलाई सबल पार्ने विषयमा महत्त्वपूर्ण मन्तव्य दिनुभएको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा चाइना मिडिया ग्रुप र चिनियाँ जन विश्वविद्यालयले संयुक्त रूपमा आयोजना गरेको "चीन र विश्व: सहकार्य, चुनौती र साझा जीत" विषयक गोष्ठी मे ३० तारिख पैचिङमा सम्पन्न भएको छ।

 

चीनको केन्द्रीय प्रचार प्रसार विभागका उप प्रमुख तथा चाइना मिडिया ग्रुपका निर्देशक शन हाई श्योङले भिडियोमार्फत् सम्बोधन गर्नुभयो भने चिनियाँ जन विश्वविद्यालयका प्रिन्सिपल लिन शाङ लीले पनि सो कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो। चाइना मिडिया ग्रुपका उप-प्रधान सम्पादक तथा सीजीटीएनका प्रधान सम्पादक फान युन, चाइना रेलवे रोलिङ स्टक कर्पोरेशन(सीआरआरसी) का कार्यकारी निर्देशक वाङ आन पनि सो कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो।

 

किर्गिजस्तानका पूर्व प्रधानमन्त्री, पोल्यान्डका पूर्व उप प्रधानमन्त्री तथा अर्थमन्त्री, संयुक्त राष्ट्र संघीय ग्लोबल कम्युनिकेशन विभागका समाचार तथा मिडियाका प्रमुख, चिनियाँ जन विश्वविद्यालय र चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान लगायत विविध क्षेत्रका विद्वान तथा विशेषज्ञहरू र सम्बन्धित संस्थाहरूका प्रतिनिधिहरूले चिनियाँ शैलीको आधुनिकीकरण तथा विश्वको नयाँ अवसर र विभिन्न सभ्यता आदान प्रदान र आपसी समझदारी लगायत विषयमा गहन विचार विमर्श गर्नुभयो।

 

चाइना मिडिया ग्रुपका निर्देशक शन हाई श्योङले भिडियो सम्बोधन गर्दै चीनको विकास विश्वबाट अलग रहने सम्भावना नभएको तथा विश्वको समृद्धिका लागि चीन आवश्यक रहेको बताउनुभयो। अन्तर्राष्ट्रिय साथीहरूसँग आपसी आदान प्रदान गर्दै हातमा हात मिलाएर अझै उज्यालो भविष्य निर्माण गर्न चाइना मिडिया ग्रुप इच्छुक रहेको पनि उहाँले व्यक्त गर्नुभयो।