चाडका नयाँ प्रधानमन्त्रीलाई चिनियाँ प्रधानमन्त्रीको बधाई
2024-05-31 18:00:10cri
Share with:

चाडका नव नियुक्त प्रधानमन्त्री अल्लाह-माये हलिनालाई मे २९ तारिख, चिनियाँ प्रधानमन्त्री ली छ्याङले बधाई सन्देश पठाउनुभएको छ। सन्देशमा प्रधानमन्त्री लीले उल्लेख गर्नु भएको छः  बितेका वर्षहरूमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र चाडका राष्ट्रपतिको आदानप्रदान र मार्गदर्शनमा चीन-चाड सम्बन्ध विकासको राम्रो गति कायम राखिरहेको छ। यसै क्रममा पारस्परिक राजनीतिक विश्वासलाई गहिरो बनाइएको छ र विभिन्न क्षेत्रमा भएको सहयोग निरन्तर अघि बढिरहेको छ। साथै अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ बनाइरहेको छ। चीन सरकारले चीन-चाड सम्बन्धको विकासमा ठूलो महत्व दिँदै दुई देशबीचको राजनीतिक विश्वासलाई प्रगाढ बनाउन, व्यावहारिक सहयोगलाई अगाडि बढाउन र चीन-चाड मैत्री सम्बन्धमा नयाँ परिणाम हासिल गर्न सँगै काम गर्न तयार रहेको कुरा पनि प्रधानमन्त्री लीले जनाउनुभएको छ।