चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा अन्तर्राष्ट्रिय बाल दिवसको शुभकामना
2024-05-31 18:02:20cri
Share with:

अन्तर्राष्ट्रिय बाल दिवसको पूर्वसन्ध्यामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे ३० मा सछ्वान प्रान्तको नानचोङ शहरको च्यालिङ जिल्लामा रहेको चिच्याङ प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई हार्दिक प्रोत्साहन दिँदै उनीहरू लगायत देशभरका बालबालिकालाई बिदाको हार्दिक शुभकामना दिँदै जवाफी चिठ्ठी पठाउनुभएको छ।

सछ्वान प्रान्तीय नानचोङ शहरको च्यालिङ जिल्लामा अवस्थित चिच्याङ प्राथमिक विद्यालय, पहिले त्यहाँ भिरालो पहाडमा स्थापित पुराना विद्यालय भवनहरू थिए। सन् २००४ मा, विद्यालयलाई चच्याङ प्रान्तको सहयोगमा स्थानान्तरण गरिएको थियो र चच्याङ प्रान्तीय पार्टी कमिटीका तत्कालीन सचिव सी चिनफिङले सोही वर्षको मे महिनामा विद्यालयको शिलान्यास गर्नुभएको थियो। सन् २००५ को सेप्टेम्बरमा, स्कुल आधिकारिक रूपमा प्रयोगमा ल्याइयो र स्कुल सञ्चालनका लागि सर्तहरू उल्लेखनीय रूपमा सुधार गरियो। अहिले त्यहाँ प्राथमिक विद्यालयका २८७ जना विद्यार्थीहरू छन्। हालै चिच्याङ प्राथमिक विद्यालयका कक्षा ५ का सबै विद्यार्थीले राष्ट्राध्यक्ष सी चिनफिङलाई चिट्टी लेख्दै आफ्नो अध्ययन र जीवनबारे रिपोर्टिङ गरेका थिए। उनीहरुले नयाँ युगमा असल  केटाकेटी बन्ने आफ्नो इच्छा र अठोट पनि व्यक्त गरेका थिए।