चीन-अरबी मुलुक भाग्य समुदायको निर्माण अझै तिव्र गतिले हुने
2024-05-31 17:13:19CRI
Share with:

“चीनले सन् २०२६ चीनमा दोस्रो चीन-अरबी मुलुक शिखर सम्मेलनको आयोजना गर्नेछ। यो चीन र अरबी मुलुकको सम्बन्धमा अर्को कोसेढुङ्गा हुने विश्वास गरिएको छ।” मे ३० तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन-अरबी मुलुक सहयोग मञ्चको दशौं मन्त्रीस्तरीय बैठकको उद्घादन समारोहमा उक्त घोषणा गर्नुभएको हो। यो यस बैठकको सबैभन्दा महत्वपूर्ण उपलब्धि हो। राष्ट्राध्यक्ष सीले चीन र अरबी मुलुकको सम्बन्धको विकास दिशा र “पाँच सहयोग ढाँचा”को निर्माण गर्न योजना पनि प्रस्तुत गर्नुभएको छ। सोही दिन बैठकमा सहभागी युएईका राष्ट्रपतिले सामाजिक सञ्जालमा चिनियाँ भाषाद्वारा लेख पोस्ट गरेर अरबी मुलुक र चीनको सम्बन्धसँग ऐतिहासिक अर्थ रहेको व्यक्त गर्नुभएको छ।

चालु वर्ष चीन-अरबी मुलुक सहयोग मञ्च स्थापना भएको २०औँ वर्ष हो। बीस वर्षमा चीन र अरबी मुलुकको सम्बन्ध दक्षिण-दक्षिण सहयोगको नमूना बनेको छ। हाल पूरै २२ अरबी मुलुकले “बेल्ट एण्ड रोड”को साझा निर्माणमा भाग लिएका छन, जसले लगभग २ अर्ब जनतालाई फाइदा पूर्याएको छ।

यस बैठकबाट चीन र अरबी मुलुकको सहयोगले अझै उज्यालो बीस वर्षको सुरू गर्नेछ र अजारक विश्वमा अझ बढी स्थिरता र निश्चितता थप्नेछ।