चीन र मलेसियाबीच कूटनीतिक सम्बन्धको ५० औँ वर्षगाँठमा बधाई आदानप्रदान
2024-05-31 18:03:17cri
Share with:

मे ३१ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र मलेसियाका सर्वोच्च राष्ट्रप्रमुख इब्राहिमले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाभएको ५० औँ वर्षगाँठका अवसरमा बधाई सन्देश आदानप्रदान गर्नुभएको छ।

सन्देशमा चिनियाँ राष्ट्राध्यक्ष सीले चीन र मलेसिया असल छिमेकी, मनका साथी र साझा जित सहकार्यका साझेदार रहेको औँल्याउनु भएको छ। चीन र मलेसियाबीचको सम्बन्ध नयाँ ऐतिहासिक सुरुआतको बिन्दुमा पुगेको परिप्रेक्षमा सर्वोच्च राष्ट्रप्रमुख इब्राहिमसँग मिलेर दुई देशका जनताको हित कल्याण सिर्जना गर्दै क्षेत्रीय समृद्धि र स्थायित्वका लागि ठूलो योगदान गर्ने अडान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले व्यक्त गर्नुभएको छ। उहाँले चीन-मलेसिया सम्बन्धको अर्को ५० गौरवशाली वर्ष संयुक्त रुपमा सिर्जना गर्ने अपेक्षा पनि गर्नुभयो ।

सन्देशमा ५० वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मलेसिया र चीनले एकअर्कालाई सधैँ सम्मान र विश्वास गर्दै आएका छन् र द्विपक्षीय सम्बन्धले नयाँ-नयाँ विकास गर्दै आएको मलेशियाका इब्राहिमले जनाउनुभयो। सन् २०१३मा चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीच अर्थतन्त्र, व्यापार, लगानी, संस्कृति र गैरसरकारी क्षेत्रमा सहयोग र आदानप्रदान अझ प्रगाढ र विस्तार बनिरहेका छन्। मलेसिया र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठ मनाइरहँदा मलेसियाले चीनसँग हातेमालो गर्दै समृद्धि सिर्जना गर्ने र दुवै देशका जनताका लागि लाभ सिर्जना गरिरहने छ।

सोही दिन चिनियाँ प्रधानमन्त्री ली छ्याङ र मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमबीच पनि बधाई सन्देश आदानप्रदान भएको छ।