विश्वले “जिरो सम गेम” लाई स्वीकार गर्न सक्दैन: नी फङ
2024-05-31 15:12:52CRI
Share with:

चीनको सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत अमेरिका अनुसन्धान कार्यालयका प्रमुख नी फिङ नयाँ युग अन्तर्राष्ट्रिय मिडिया अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित “चीन र विश्व: सहकार्य, चुनौती र साझा जीत” मुख्य नारा रहेको विषयक गोष्ठीमा सहभागी हुनुभएको छ।

 

सो गोष्ठीलाई सम्बोधन गर्दै उहाँले देश र देश बीचको प्रतिस्पर्धाका लागि सकारात्मक धारणा हुनुपर्नेमा जोड दिनुभयो। नयाँ शीतयुद्ध शैलीको भौगोलिक राजनीतिक सङ्घर्षभन्दा कसले आफ्नो देशभित्रको समस्याको राम्रोसँग समाधान गर्नसक्ने भन्ने कुरा धेरै फाइदाजनक हुन्छ भन्नुहुँदै विश्वले एक पक्षीय जीतलाई स्वीकार गर्न नसक्ने पनि औँल्याउनुभयो।