पाकिस्तानी प्रधानमन्त्रीको चीन भ्रमणको प्रतिक्षामा चीन
2024-06-01 16:09:02cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले मे ३१ तारिख जानकारी दिनुभए अनुसार, चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले जुन ४ देखि ८  तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ। यसबारे चर्चा गर्दै प्रवक्ता माउ निङले भन्नुभयोः चीन-पाकिस्तान सदावहार रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको विकासमा अझ ठूलो प्रगति हासिल गर्ने र नयाँ युगमा सँयुक्त भाग्य समुदायको निर्माणलाई अझ घनिष्ट पार्ने अपेक्षा चीनले गरेको छ।

यस वर्ष पाकिस्तानको नयाँ सरकार गठन भएयता,  प्रधानमन्त्री शहबाजले गर्नु हुने यो पहिलो चीन भ्रमण हो। प्रधानमन्त्री शहबाजको चीन भ्रमणका क्रममा, राष्ट्राध्यक्ष सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र चिनियाँ राष्ट्रिय जन कङ्ग्रेसका स्थायी समितिका अध्यक्ष चाउ लचीसँग भेटवार्ता गर्नुहुनेछ। उहाँहरुले चीन-पाकिस्तान सम्बन्धको भावी विकासका लागि संयुक्त रूपमा खाका तयार पार्नुहुने अपेक्षा गरिएको छ। पैचिङपछि पाकिस्तानी प्रधानमन्त्री शहबाजले क्वाडतोड र पल्लो सान्सी प्रान्तको पनि भ्रमण गर्नुहुने बताइएको छ।