कुवेतका नयाँ प्रधानमन्त्रीलाई चिनियाँ प्रधानमन्त्री ली छ्यानद्वारा बधाई
2024-06-01 16:03:43cri
Share with:

मे २९ तरिख, चिनियाँ प्रधानमन्त्री ली छ्याङले अहमद अब्दुल्लाह अल अहमद अल–सबाहलाई कुवेतका प्रधानमन्त्रीमा नियुक्त हुनु भएकामा बधाई सन्देश पठाउनुभएको छ।

सन्देशमा प्रधानमन्त्री लीले जनाउँदै भन्नुभयोः चीन र कुवेतबीचको परम्परागत मित्रता गहन रुपमा विकास भइहिरहेको छ। बितेका वर्षहरूमा, दुई देशका राष्ट्रानायकहरुको रणनीतिक मार्गदर्शनमा चीन-कुवेत सम्बन्धले विकासको राम्रो गति कायम राखेको छ। चीन सरकार दुई देशका राष्ट्रप्रमुखबीच भएका महत्वपूर्ण सहमतिको कार्यान्वयन गर्दै, चीन र कुवेतबीच विभिन्न क्षेत्रमा भइरहेको आदानप्रदान र सहयोगलाई मजबुत बनाउनुका साथै आपसी रणनीतिक साझेदारी सम्बन्धमा नयाँ प्रगतिलाई हासिल गर्न कुवेत सरकारसँग मिलेर काम गर्न इच्छुक छ।