आपसी सम्बन्ध निरन्तर प्रगाढ हुँदै जाने आशामा लिबिया
2024-06-01 17:12:27CRI
Share with:

हालै, लिबियाका प्रधानमन्त्री एवम् विदेश मन्त्री अब्दुलहमिद बेबेबाखले चाइना मिडिया ग्रुपसँग विशेष अन्तर्वार्ता दिनुभएको छ। प्रधानमन्त्री बनेपछि यो उहाँको पहिलो चीन भ्रमण हो र उहाँका साथमा ठूलो प्रतिनिधिमण्डल पनि आएको छ।

चीन भ्रमणप्रतिको आफ्नो अपेक्षाबारे कुरा गर्दै बेबेबाखले भन्नुभयो, 'विशेष ऐतिहासिक परिस्थितिमा गरिरहेको यो चीन भ्रमण मेरा लागि निकै महत्वपूर्ण छ। बितेका वर्षहरूमा, विशेष गरी विगत १०-१५ वर्षमा, लिबिया निकै कठिन समयबाट गुज्रेको छ। आज हामीले केही उपलब्धि हासिल गरेका छौं र लिबिया स्थिरता र विकासको दिशामा अघि बढिरहेको छ। चीनसँग भेट गर्न आज हामी यहाँ आएका हौँ। लिबिया र लिबियाली जनताका लागि राजनीतिक, आर्थिक र रणनीतिक दृष्टिकोणलेगर्दा यो भेट अत्यन्त महत्वपूर्ण रहेको छ।

देबाइबाले पैचिङमा सम्पन्न चीन–अरबी मुलुक सहयोग मञ्चको १०औँ मन्त्रीस्तरीय सम्मेलनमा भाग लिनुभयो। यसै सन्दर्भमा चर्चा गर्दै भन्नुभयोः चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएका शृङ्खलाबद्ध प्रस्तावहरुसँग हामी पूर्ण रूपमा  सहमत छौं र चीनले आर्थिक विकास, विज्ञान र प्रविधि, र विश्वको भविष्यलाई बुझ्नका लागि उचित भूमिका खेल्दै जाने अपेक्षा गर्दछौँ। चीनले विश्व शान्ति कायम राख्ने, मानवतावादको रक्षा गर्ने, सुरक्षा र स्थिरतालाई बढाउने र विवादको उचित व्यवस्थापनको वकालत गर्ने काम गरिरहेको छ। चीनले चिनियाँ बुद्धिको माध्यमबाट शान्तिको अवधारणा फैलाउँदै विश्व मञ्चमा नेतृत्वदायी भूमिका खेलिरहेको छ।