हजार वर्षदेखि प्रख्यात कान्लु मन्दिर
2024-06-02 15:54:58CRI
Share with:

 फुच्यान प्रान्तीय थाइनिंग जिल्लामा धेरै गुफाहरु रहेका छन्। त्यहाँको पहाडमा चट्टानमाथि बनाइएको कान्लु मन्दिर सम्पूर्ण काठको संरचनाको छ। कान्लु मन्दिर दक्षिणी सोङ राजवंश (सन् ११४६) मा स्थापित थियो र २०औँ शताब्दीको मध्यमा एक राष्ट्रिय सांस्कृतिक अवशेष सर्वेक्षणबाट प्रसिद्ध चट्टानमा राखिने यस प्राचीन मन्दिरको महत्वपूर्ण मूल्यको मान्यता प्राप्त भएको हो। त्यसबेलादेखि नै कान्लु मन्दिर स्थानीयदेखि राष्ट्रिय स्तरमा समेत प्रख्यात बनेको छ ।