चिनियाँ इन्जिनियरिङ प्रतिष्ठान स्थापनाको ३०औँ वार्षिकोत्सवमा सी चिनफिङको बधाई
2024-06-03 18:16:14cri
Share with:

चिनियाँ इन्जिनियरिङ प्रतिष्ठान स्थापनाको ३०औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले एक बधाई पत्र पठाउनुभएको छ। उहाँले पार्टी केन्द्रीय समितिको तर्फबाट प्रतिष्ठानका शिक्षाविद्हरू र अधिकांश इन्जिनियरिङ विज्ञान तथा प्रविधिकर्मीहरूलाई हार्दिक बधाई व्यक्त गर्नुभयो।

 

आफ्नो बधाई पत्रमा सी चिनफिङले मानव समाजको विकासको लागि इन्जिनियरिङ प्रविधि महत्त्वपूर्ण प्रेरक शक्ति भएको कुरामा जोड दिनुभयो। सो पत्रमा चिनियाँ इन्जिनियरिङ प्रतिष्ठानले राष्ट्रिय रणनीतिक, वैज्ञानिक र प्राविधिक शक्तिको भूमिकामा खेल्दै उच्च स्तरको वैज्ञानिक र प्राविधिक आत्मनिर्भरता हासिल गर्न साथै विश्वमा प्राविधिक मुलुकको निर्माण गर्नका लागि नयाँ र ठूलो योगदान दिने आशा लिइएको छ।