थाइवान र दक्षिण चीन सागर समस्यामा होशियारीपूर्ण भनाइ र गराइका लागि चीनद्वारा दक्षिण कोरियालाई ताकिता
2024-06-03 18:55:05cri
Share with:

दक्षिण कोरियाले अमेरिका र जापानसित लगातार थाइवान समस्या र दक्षिण चीन सागर समस्याबारे गलत भनाइ निकालेकोमा दक्षिण कोरियाका लागि चिनियाँ दूतावासका प्रवक्ताले जुन ३ तारिख गम्भीर अडानलाई स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार, थाइवान चीनको भूखण्डको एक अविच्छिन्न अङग नै हो। थाइवान समस्या चीनको आन्तरिक मामिला भएकाले कुनै पनि बाह्य शक्तिलाई हस्तक्षेप गर्ने अधिकार छैन।  

 

गत मे ३१ र जुन २ तारिख दक्षिण कोरियाले बेग्लाबेग्लै गरी अमेरिका र जापानसित उप विदेशमन्त्री स्तरीय विचार-विमर्श र राष्ट्रिय प्रतिरक्षा स्तरीय भेट-वार्ताको आयोजना गर्दै थाइवान समस्या र दक्षिण चीन सागर समस्याबारे लगातार गलत भनाइ प्रकाशित गरेको थियो। यस कारवाईले चीनको आन्तरिक मामिलामा जबरजस्ती हस्तक्षेप गर्नुका साथै गम्भीर रूपमा चीनको सार्वभौमिकता र केन्द्रीय हितको उल्लङ्घन गरेको छ। त्यसैगरी चीनले त्यसप्रति कडा शब्दमा असन्तुष्टी जनाउनुका साथै गणतन्त्र कोरियासमक्ष गम्भीर आपत्ति पनि जनाएको छ।