नेपालमा खाद्य स्वच्छता सम्बन्धी साताव्यापी कार्यक्रम
2024-06-03 16:48:21cri
Share with:

‘खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्वतयारी गरौँ’ भन्ने नाराका साथ विश्व खाद्य स्वच्छता दिवस, २०८१ सुरु भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शनिबारदेखि खाद्य स्वच्छता दिवसमा विगतकै जस्तै साताव्यापी कार्यक्रम सुरु गरेको गोरखापत्र अनलाइनले जनाएको छ।

 

विभाग अनुसार साताव्यापी रूपमा मनाइने सो दिवसका अवसरमा जेठ १९ देखि २५ गतेसम्म खाद्य सुरक्षासँग सम्बन्धित विषयविज्ञसँग छलफल, गोष्ठी र विभिन्न सचेतनामूलक कार्यक्रम गरिने छ । विभागका निर्देशक मोहनकृष्ण महर्जनले प्रत्येक वर्ष जस्तै यो वर्ष पनि खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रूपमा शनिबारदेखि सुरु भएको जानकारी दिनुभयो।