“चिनियाँ जातिय आधुनिक सभ्यताको निर्माण”गोष्ठीमा ली शुलैद्वारा सम्बोधन
2024-06-03 13:47:05CRI
Share with:

जुन २ तारिख, चीनको समाज तथा विज्ञान अध्ययन एकेडेमीद्वारा“चिनियाँ जातिय आधुनिक सभ्यताको निर्माण” गोष्ठी बेइजिङमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य एवम् चिनियाँ प्रसार विभागका अध्यक्ष ली शुलैले सो गोष्ठीलाई सम्बोधन गर्नुभएको छ।

सो गोष्ठीमा सहभागी भएका अतिथिहरूले चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सांस्कृतिक उत्तराधिकार र विकास विषयक सम्मेलनमा औँल्याउनुभएको नयाँ युगको सांस्कृतिक जिम्मेवारीलाई वहन गर्ने र चिनियाँ जातिय आधुनिक सभ्यतालाई निर्माण गर्ने प्रस्तावप्रति सहमति जनाएका छन्। सहभागी अतिथिहरूले सो प्रस्तावले चिनियाँ सांस्कृतिक निर्माण स्पष्ट भइसकेको र उक्त सम्मेलनको आयोजनाको पहिलो वार्षिकोत्सवमा संयुक्त रूपमा आदानप्रदान र अध्ययनले धेरै अर्थहरू बोकेको पनि व्यक्त गरेका छन्।

अतिथिहरूले चिनियाँ राष्ट्रको आधुनिक सभ्यताले परम्परा र आधुनिकता, विगत र भविष्यलाई जोडेको छ, जुन एक शानदार ऐतिहासिक प्रक्रिया र प्रेरणादायी लक्ष्य र दृष्टिकोण भएको बताएका छन्। चीनको क्षेत्रमा आधारित शैक्षिक नवप्रवर्तनको क्षमता बढाउन, चीनको वास्तविकता अध्ययन गर्न, चीनको सिद्धान्तको विकास गर्न, विदेशी लाभकारी शैक्षिक उपलब्धिहरूबाट लाभ लिन, उच्च-स्तरीय सामाजिक विज्ञान प्रतिभाहरूको एक टोली बनाउन र चीनको स्वतन्त्र ज्ञान प्रणालीको निर्माणलाई गति दिन आवश्यक रहेको पनि बताएका छन्।

सो गोष्ठीअघि, अतिथिहरूले चिनियाँ समाज तथा विज्ञान प्रतिष्ठानमा पुगेर राष्ट्राध्यक्ष सीले सांस्कृतिक विरासत र विकास सम्बन्धी संगोष्ठीमा दिनुभएको महत्वपूर्ण सम्बोधनको मर्म र कार्य समीक्षा तथा वैज्ञानिक अनुसन्धान उपलब्धि प्रदर्शनीको गहन अध्ययन र कार्यान्वयन गरेका छन्।