बेइजिङमा नेपाल प्रवर्द्धन तथा सेल्स मिसन २०२४
2024-06-03 19:43:03cri
Share with:

जुन ३ तारिख सोमबार बेइजिङमा होटेल संघ नेपालले चीनका लागि नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको सहआयोजनामा ‘नेपाल प्रवर्द्धन तथा सेल्स मिसन २०२४’ शीर्षकमा एक कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रमको आरम्भमा हानका प्रथम उपाध्यक्ष प्रविण बहादुर पाण्डेले नेपालका होटेलको अवस्था र स्तरबारे जानकारी दिनुभयो। साथै चिनियाँ पर्यटक दोस्रो नम्बरमा रहेको पनि औँल्याउनुभयो।

 

होटेल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले स्वागत मन्तव्य राख्दै चीनसँग मिलेर पर्यटनसँगै समग्र विकास गर्नसकिने भन्नुभयो। नेपाल सुरक्षित र आकर्षक गन्तव्य भएको भन्दै लाइफ़टाइम एक्सपेरियन्सको अनुभव लिन आग्रह गर्नुभयो।

 

वर्ल्ड टुरिजम एलायन्स चीनका सहायक महासचिव ली छाङलिनले पनि चीन नेपाल पर्यटन क्षेत्र सम्बन्धमा टिप्पणी गर्नुभएको थियो। यसैगरी, नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तद्वारा गन्तव्य नेपाल शीर्षकमा एक प्रस्तुती राख्नुका साथै हानका महासचिव साजन शाक्यले सहयोगी हातहरूलाई आभार व्यक्त गर्दै चिनियाँलाई नेपाल भ्रमणका लागि अनुरोध गर्नुभयो।

 

चिनियाँ र नेपाली गरी २०० भन्दा बढी उद्यमीको उपस्थितिमा बीटुबी कार्यक्रमको महत्वपूर्ण भाग थियो। यसैगरी सगरमाथा आरोहण गरेका चिनियाँ पर्वतारोहीलाई राजदूत विष्णु पुकार श्रेष्ठले प्रमाणपत्र प्रदान गर्दै अभिनन्दन गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले बटम थिचेर कार्यक्रमको औपचारिक उद्घाटन गर्दै आफ्नो सम्बोधनमा नेपाल र चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष २०२५ का रुपमा मनाउने घोषणा गरेकाले यो कार्यक्रम साँच्चिकै सान्दर्भिक भएको बताउनुभयो। नेपाल सन् २०२६ सम्ममा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने योजनामा रहेको र यो महत्वाकांक्षी लक्ष्य हासिल गर्न आर्थिक विकास आवश्यक भएकोले नेपालको आर्थिक विकासका लागि पर्यटन उद्योगमा सहकार्य र सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने भएकोले नेपाल र चीन दुवै देशका ट्राभल तथा टुर अपरेटरहरुलाई पर्यटन उद्योगको प्रवद्र्धन गर्ने सम्बन्धलाई थप प्रगाढ बनाउन प्रोत्साहित गर्नुभयो ।

 

विश्वास छ कि यो कार्यक्रमले चिनियाँ पर्यटक मात्र आकर्षित नभएर जनस्तरमा नै दुई देश बीच नयाँ आयाम थप्ने छ र नयाँ युगमा नेपाल-चीन सम्बन्धलाई थप उचाइमा पुर्याउनेछ।


अजय अलौकिक/बेइजिङ