आयरल्याण्डका युवा मा स्युको चीन बसाइको कथा-१
2024-06-03 15:14:56cri
Share with:

“बरफको शहर” हारपिनको यात्रा आयरल्याण्डका युवा मा स्युले केही वर्षअघि चीन आउँदा गर्नुभएको इच्छा थियो। गत हिउँदे ऋतुमा सोही हारपिन शहर विश्वमा प्रसिद्ध बनेको छ। मा स्युले पनि आफ्नो इच्छा पूरा गर्दै चीनको उत्तर-पूर्वी भागमा रहेको “बरफ तथा हिउँको संसार” को अद्भुत वातावरणको अनुभव गर्नुभयो। उहाँले आफ्नो जन्मस्थल जस्तै लागेको अनुभव सुनाउनुभयो। उहाँले भन्नुभयो,

चीनको उत्तर-पूर्वी भाग मेरो देश आयरल्याण्ड जस्तै लाग्छ। हामी आयरल्याण्डेली र यहाँका बासिन्दाहरु उत्साहशाली हुन्छौँ। मौसम पनि मिल्छ। धेरै पहाड तथा धेरै सुन्दर दृश्यहरु छन्। यहाँ बस्दा मैले घर फर्केको जस्तै अनुभव गरेँ।

 

यान चिङ पाठशालामा दुई वर्षको अवधिमा मा स्युले यहाँको सुन्दर वातावरण, बलियो शैक्षिक स्रोत तथा अन्तर्राष्ट्रिय पढाइ वातावरण आफ्नो सोचाइअनुरूप नै पाएको महसुस गर्नुभएको छ। तैपनि धेरै कुरा चीन आउनुअघि उहाँले सोच-विचार गर्नुभएको थिएन। उहाँले भन्नुभयो,

चीन आउनुअघि हरित अर्थतन्त्र क्षेत्रमा चीनले तीव्र विकास गरेको बारे मलाई थाहा थिएन। मैले चीनको सडकमा धेरै नयाँ ऊर्जा गाडी देखेको छु। चीनको वायु ऊर्जाको विकास पनि छिटो छ। चीनले हरित अर्थतन्त्रको विकासका लागि प्रशस्त लगानी गरेको छ। यस क्षेत्रमा आयरल्याण्ड तथा युरोपले चीनसँग अरु बढी सहयोग गर्न सक्ने मैले ठहर गरेको छु।

 

मा स्युले हाल अध्ययन गरिरहनु भएको विषय आर्थिक व्यवस्थापन शास्त्र हो। आफ्नो अध्ययन तथा अनुभवबाट चीनको तीव्र आर्थिक विकासको “रहस्य” फेला पार्न सक्ने आशा उहाँले गर्नुभएको छ। मा स्युले विश्वविद्यालयमा विभिन्न देशबाट आएका सहपाठीहरुसँग राम्रो चिनजान तथा मित्रता गाँस्नुभएको छ। मा स्यु जस्तै चीनप्रति माया गर्ने उहाँहरु चीन आउनुभएको हो।

 

पाठ पढ्ने, शोधपत्र लेख्ने, विश्वविद्यालयको खेलकुद समारोहमा भाग लिने, सहपाठीहरुसँग छोटो भिडियो खिच्ने, चीनको बसाइमा मा स्युको जीवन व्यस्त छ।