राष्ट्राध्यक्ष सी चिनफिङका विशेष दूत एवम् संस्कृति तथा पर्यटन मन्त्री सुन ये ली एल साल्भाडोरका राष्ट्रपतिको सपथ ग्रहणमा सहभागी
2024-06-03 18:19:47cri
Share with:

एल साल्भाडोरका राष्ट्रपति बुकेलेको निमन्त्रणामा जुन १ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङका विशेष दूत एवम् संस्कृति तथा पर्यटन मन्त्री सुन ये लीले साल्भाडोरको राजधानी शहरमा राष्ट्रपति बुकेलेको नयाँ कार्यकालको सपथ ग्रहण समारोहमा भाग लिनुभयो। सो समारोहमा राष्ट्रपति बुकेलेले मन्त्री सुन ये लीसँग संक्षिप्त भेट गर्नुभएको छ।

 

मन्त्री सुन ये लीले एल साल्भाडोरसँग मिलेर व्यावहारिक सहयोगलाई बढाउने, जनताबीचको सांस्कृतिक आदान-प्रदान विस्तार गर्ने र चीन-एल साल्भाडोर सम्बन्धको निरन्तर तथा गहन विकासलाई प्रवर्द्धन गर्न चीन इच्छुक रहेको कुरा बताउनुभयो।

 

राष्ट्रपति बुकेलेले एल साल्भाडोरका लागि चीनसँगको सम्बन्धको विकास अत्यावश्यक रहेको भन्नुका साथै एल साल्भाडोरले चीनसँगको पारस्परिक साझा-हितको सहयोगलाई अझ गहिरो बनाउने र द्विपक्षीय सम्बन्धलाई उच्च स्तरमा पुर्‍याउन उहाँ इच्छुक रहेको कुरा बताउनुभयो।