युएईसहित पाँच देशका विदेशमन्त्रीहरूद्वारा गाजामा स्थायी युद्धविरामका लागि आह्वान
2024-06-04 15:16:57cri
Share with:

जुन ३ तारिख युनाइटेड अरब ईमिरेट्स (युएई), साउदी अरेबिया, कतार, जोर्डन र इजिप्टका विदेशमन्त्रीहरूले गाजा मुद्दाबारे छलफल गर्न एक बैठकको आयोजना गरेका छन्।

 

युएईको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, बैठकमा गाजामा स्थायी युद्धविराम र बन्दीहरूको आदानप्रदान सम्झौता वार्तामा भएको प्रगतिबारे छलफल गरिएको छ। मन्त्रीहरूले स्थायी युद्धविराम हासिल गर्ने, गाजा पट्टीलाई सहयोग उपलब्ध गराउने र गाजाका जनताको पीडा अन्त्य गर्ने लक्ष्यका साथ प्रासङ्गिक प्रस्तावहरूलाई सक्रिय रूपमा सम्बोधन गर्ने महत्वमा जोड दिएका छन्।

 

वक्तव्यमा भनिएको छ कि मन्त्रीहरूले इजरायली सेनाहरू गाजा पट्टीबाट पूर्ण रूपमा फिर्ता हुनुपर्ने र गाजा पट्टीको पुनर्निर्माण प्रक्रिया व्यापक योजनाको रूपरेखा भित्र सुरु गर्नुपर्ने र सुरक्षा परिषद् प्रस्तावहरुको सान्दर्भिकता अनुसार "दुई-राज्य समाधान" कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।