चीनले युक्रेन शान्ति शिखर सम्मेलनमा भाग नलिने
2024-06-04 17:53:27cri
Share with:

चीनले स्विट्जरल्याण्डमा आयोजना हुने युक्रेन शान्ति शिखर सम्मेलनमा सहभागिता नजनाउने योजना सार्वजनिक गरेको छ।

 

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले जुन ३ तारिख बोल्दै सो सम्मेलनमा भाग नलिनु शान्ति नचाहेको भन्ने अर्थमा लिन नहुने बताउनुभयो।

 

यो सम्मेलनमा सहभागी भए तापनि कतिपय सहभागीले युद्धविराम वा युद्धको अन्त्य नचाहने सम्भावना धेरै छ। तर वास्तविक कार्यमा निर्भर रहेर हेर्नुपर्ने उहाँले व्यक्त गर्नुभयो।

 

प्रवक्ता माउ निङले चीनले संकटको शान्तिपूर्णरूपमा समाधानका लागि सबै प्रयासहरूलाई समर्थन गर्नुपर्छ भन्ने कुरामा जोड दिनुभयो। चीनले शुरूवातदेखि नै स्विजरल्याण्डमा आयोजना हुने युक्रेन शान्ति शिखर सम्मेलनलाई ठूलो महत्त्व दिएको र स्विजरल्याण्ड तथा युक्रेनलगायत सम्बन्धित पक्षहरूसँग घनिष्ठ सञ्चार कायम राख्ने कुरा पनि उहाँले व्यक्त गर्नुभयो।