#अल्पसंख्यक जाति# नयाँ युगमा तिब्बतको दीर्घकालीन सुरक्षा र उच्च गुणस्तरीय विकास
2024-06-04 15:15:50cri
Share with:

मे २३ तारिख चिनियाँ राज्य परिषदले “नयाँ युगमा तिब्बतको दीर्घकालीन सुरक्षा र उच्च गुणस्तरीय विकास” सम्बन्धी पत्रकार सम्मेलनको आयोजना गरेको छ। सो अवसरमा, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वायत्त प्रदेश समितिका उपसचिव यान हाइचिनले तिब्बतको अवस्थाबारे जानकारी दिनुभएको छ। गत साताको कार्यक्रममा मैले तिब्बतले पर्यटनको विकास गर्ने अवस्था र योजनाको बारेमा जानकारी दिएकी थिएँ। आजको कार्यक्रममा म निरन्तर रूपमा चर्चा गर्नेछु।


लगानी तिब्बतको उच्च गुणस्तरीय विकासको मुख्य शक्ति भएको चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वायत्त प्रदेश समितिका उपसचिव यान हाइचिनले चर्चा गर्नुभएको छ। उहाँका अनुसार, गत वर्ष तिब्बतको जीडीपी लगभग २ खर्ब ४० अर्ब युआन पुगेको छ। ९.५ प्रतिशत वृद्धि गतिसहित चीनभरि पहिलो स्थानमा रहेको छ। तिब्बतको आर्थिक पूँजी रकम ३ खर्ब ८० अर्ब युआन छ र प्रत्येक व्यक्तिको सरदर रकम पनि पहिलो स्थानमा रहेको छ। तर गत वर्ष तिब्बतको सामान्य साझा बजेट २ अर्ब ४० करोड युआन मात्र थियो। तिब्बतले वृद्धिलाई स्थिर पार्ने, उपभोगलाई विस्तार पार्ने र शक्ति बढाउने विविध कार्य राम्ररी गर्नेछ।

 

१.     लगानी तिब्बतको उच्च गुणस्तरीय विकासको मुख्य शक्ति पनि हो। गत वर्ष तिब्बतले  केन्द्रिय सरकारको ८० अर्ब युआनको लगानी व्यवहारमा उतारेको छ।

 

२.    उपभोग तिब्बतको उच्च गुणस्तरीय विकासको प्रत्याभूति हो र तिब्बतले “सुखमय तिब्बत.खुशीयाली उपभोग” कार्यक्रमको कार्यन्वयन गरेर लगगभ ३ अर्ब २० करोड युआनको उपभोग बढाएको छ। विदा अर्थतन्त्र, रात्री अर्थतन्त्र आदिको विकासमार्फत् गत वर्ष ल्हासालाई चिनियाँ रात्री अर्थतन्त्रको सयौँ समृद्धि शहर नामावलीमा सूचिकृत गरेको छ। गत वर्ष तिब्बतमा सामाजिक उपभोग वस्तुको खुद्रा विक्री सन् २०२२ भन्दा २१ प्रतिशतले वृद्धि भएको छ। वृद्धि गति पनि चीनको पहिलो स्थानमा रहेको छ।

 

३.    व्यापारिक वातावरण तिब्बतको उच्च गुणस्तरीय विकासको महत्वपूर्ण आधार हो। त्यसैले तिब्बतले अनुमोदनको कार्य सबैभन्दा कम, अनुमोदनको समय सबैभन्दा छोटो, अनुमोदनको क्रम सबैभन्दा अनुकूलन र अनुमोदनको सेवा सबैभन्दा राम्रो भन्ने कार्य गरेको छ। जसबाट अनुमोदनको कार्य ३४७ बाट १८२ मा घटेको छ। १०० प्रतिशतका कार्य इन्टर्नेटमा पूरा गर्नसकिन्छ।

प्राप्त जानकारीअनुसार, तिब्बतले सक्दो प्रयासमा व्यवसायको बोझलाई कम पार्दै केन्द्रिय समितिको कर तथा शुल्क घटाउने विविध सुविधाजनक नीति लागू गरेको छ। ३ वर्षमा कुल २४ अर्ब ४० करोड युआनको कर तथा शुल्क घटेको छ। गत वर्ष तिब्बत भित्र्याएको लगानी ५७ अर्ब युआन पुगेको छ।

 

४.    खुलापन तिब्बतको उच्च गुणस्तरीय विकासको आवश्यकता हो। गत वर्ष तिब्बतले धेरै एक्स्पो तथा सहयोग मञ्चको आयोजना गरेको थियो। तिब्बतले १७५ देश तथा क्षेत्रसँग आयात-निर्यात व्यापारसँगै आयात-निर्यात रकम १३८.३ प्रतिशतले बढेको छ।

“हाल तिब्बतमा स्थिर राजनीति, मेलमिलापूर्ण समाज, विकसित अर्थतन्त्र, राम्रो पर्यावरण, जातिय एकता, सहअस्तित्वपूर्ण विभिन्न धर्महरू भएको शक्तिशाली अवस्था देखाइएको छ।” यान हाइचिनले मूल्याङ्कन गर्नुभएको छ।