राष्ट्राध्यक्ष सी चिनफिङद्वारा मेक्सिकोका नयाँ निर्वाचित राष्ट्रपतिलाई बधाई सन्देश
2024-06-04 19:27:35cri
Share with:

जुन ४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले क्लाउदिया शेन्बाउमलाई शुभकामना सन्देश पठाउँदै उहाँले मेक्सिकोको राष्ट्रपति पद सम्हाल्नुभएकोमा बधाई व्यक्त गर्नुभएको छ।

 

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले नयाँ निर्वाचित राष्ट्रपति श्रीमती शेन्बाउमसँग रणनीतिक सम्पर्कलाई सबल पारी दुवै देश सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनुका साथै दुवै देशका जनताका लागि अझ बढी हितकल्याणको सिर्जना गर्दै जान चीन इच्छुक रहेको कुरा बताउनुभएको छ।