रन आइ टापुको सन्दर्भमा फिलिपिन्सले उत्तेजना फैलाउँदै
2024-06-04 16:48:04cri
Share with:

 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले ४ तारिख नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ।

 

त्यस अवसरमा उहाँले रन आई टापुको परिस्थितिबारे चर्चा गर्दै चीनले धेरै पटक आफ्नो अडानलाई प्रकाश पारिसकेको जानकारी दिनुभयो।

 

 

रन आइ टापुको सन्दर्भमा फिलिपिन्सले नै निरन्तर रूपमा अधिकार उल्लङ्घन गर्दै उत्तेजना फैलाइरहेको र विरोधाभाषलाई चर्काइरहेको पक्ष भएकाले आफ्नो वचन-बद्धता विपरीत कुरा नगर्न र भिडन्त नमच्चाउन चीनले पटक पटक ताकिता गरेको कुरामा प्रवक्ता माउ निङले जोड दिनुभएको छ।