इरानमा नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी
2024-06-04 15:22:55cri
Share with:

मे ३० तारिखदेखि जुन ३ तारिखसम्म इरानले नयाँ राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारहरूको दर्ता कार्यक्रमको आयोजना गरेको छ। स्थानीय समय ३ तारिख बेलुकीको छ बजे राष्ट्रपति चुनावका लागि उम्मेदवार दर्ता आधिकारिक रूपमा समाप्त भएको छ।

 

३ तारिख इरानी संसदका अध्यक्ष कालिबाफ इरानको १४औँ राष्ट्रपति चुनावमा भाग लिन दर्ता गर्नुभएको छ। उम्मेदवारी दर्ताको पाँच दिनको अवधिमा इरानका संस्कृति तथा इस्लामिक मार्गनिर्देशन मन्त्री इस्माइली, पूर्व इरानी राष्ट्रपति महमूद अहमदिनेजाद, पूर्व उपराष्ट्रपति जहाँगिरी, पूर्व सभामुख लारिजानी र पूर्व प्रमुख आणविक वार्ताकार जलिलीले पनि राष्ट्रपति चुनावमा भाग लिन दर्ता गर्नुभएको छ।

 

इरानी आधिकारिक तथ्याङ्कका अनुसार कुल ८० जना राष्ट्रपतिको उम्मेदवारको रूपमा दर्ता गर्न इरानको आन्तरिक मन्त्रालय गएका थिए। इरानको राष्ट्रपतिको निर्वाचन जुन २८ तारिख हुँदैछ।