राष्ट्राध्यक्ष सी चिनफिङद्वारा आइसल्याणका नयाँ निर्वाचित राष्ट्रपतिलाई बधाई सन्देश
2024-06-04 19:32:53cri
Share with:

जुन ४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हाल्ला टोमास्डोटिरलाई शुभकामना सन्देश पठाउँदै उहाँले आइसल्याणको राष्ट्रपति पद सम्हाल्नुभएकोमा बधाई व्यक्त गर्नुभएको छ।

 

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले नयाँ निर्वाचित राष्ट्रपति श्रीमती टोमास्डोटिरसँगै मिलेर दुवै देशको राजनीतिक पारस्परिक विश्वासलाई गहन पारी आपसी हितयुक्त सहकार्यको विस्तार गरेर चीन-आइसल्याण्ड सम्बन्धलाई नयाँ उचाईमा पुर्याउँदै जान चीन इच्छुक रहेको कुरा औँल्याउनुभएको छ।