छाङअ -६ को सफल अवतरण चीनको बाह्य अन्तरिक्ष अन्वेषणको लागि ऐतिहासिक कदम
2024-06-04 17:55:20cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले ३ तारिख नियमित पत्रकार सम्मेलनमा बोल्दै मे ३ तारिख चन्द्रमा प्रक्षेपण गरिएको छाङअ–६ ले करिब ३० दिनसम्म चन्द्रमाको यात्राको अनुभव गरेपछि चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ। साथै जुन २ तारिख चन्द्रमाको पछाडि अन्तरिक्ष अवतरण गरेको कुरा बताउनुभयो।

 

यो चीनको बाह्य अन्तरिक्ष अन्वेषण र मानव जातिको अन्तरिक्षको शान्तिपूर्ण प्रयोगको लागि ऐतिहासिक कदम मानिन्छ।

 

पत्रकारका प्रश्नको जवाफ दिँदै माउ निङले समानता, पारस्परिक हित बनाउने, शान्तिपूर्ण उपयोग र समावेशी विकासका आधारमा अन्तरिक्षको गहिरो अन्तर्राष्ट्रिय आदान-प्रदान र सहयोग गर्न चीन इच्छुक रहेको बताउनुभयो। विकासको नतिजा अन्य देशहरूसँग शेयर गर्न र संयुक्त रूपमा ब्रह्माण्डको रहस्यहरू अन्वेषण गर्ने आशा पनि उहाँले व्यक्त गर्नुभयो।