छाङ अ-६ ले पहिलोपटक चन्द्रमाको टाढाको भागमा पाँचतारे रातो झण्डा फहरायो
2024-06-04 15:21:39cri
Share with:

जुन ४ तारिख चन्द्रमाका नमूनाहरू बोकेर चन्द्रमाको पछाडिको भागबाट छाङ अ-६ को एसेन्डर उडेको छ साथै ३००० एन इन्जिनले सफलतापूर्वक चन्द्रमाको वरिपरि पूर्वनिर्धारित कक्षमा पुर्याएको छ।

 

यसै गरी, छाङ अ-६ को ल्यान्डरले बोकेको पाँचतारे रातो झण्डा सफलतापूर्वक चन्द्रमाको पछाडि फहराइएको छ। योसँगै चीनले पहिलोपटक स्वतन्त्र र गतिशील रूपमा आफ्नो राष्ट्रिय झण्डा चन्द्रमाको टाढाको भागमा प्रदर्शन गरेको छ। चीनले अन्तरिक्ष क्षेत्रमा अर्को सफलता हासिल गरेको छ।