गाजामा संयुक्त राष्ट्र मानवीय सहायता अभियान जारी रहने
2024-06-05 10:27:13cri
Share with:

स्थानीय समय जुन ४ तारिख मानवीय मामिलाका लागि संयुक्त राष्ट्र संघका उप-महासचिव मार्टिन ग्रिफिट्सले आफ्नो कार्यकालको अन्तिम पत्रकार सम्मेलन आयोजना  गर्नुभयो। सिसिटिभी रिपोर्टरको प्रश्नको जवाफमा, उहाँले भन्नुभयो कि संयुक्त राष्ट्र संघको मानवीय सहायता अभियानले गाजा छोड्ने छैन।


ग्रिफिट्सले जबसम्म सुरक्षा स्थिति तीब्र रूपमा बिग्रिदैन, मानवीय कार्यकर्ताहरूले गाजा छोड्ने छैनन् र आपूर्तिहरू वितरण गर्न जारी रहने बताउनुभयो। उहाँले भन्नुभयो कि वर्तमानमा "आपूर्ति वितरण गर्नु वास्तविकताभन्दा वचनवद्धता हो किनभने आपूर्ति वितरण गर्न लगभग असम्भव छ।"