जुन ५ तारिख विश्व वातावरण दिवस हो। मानवजातिको साझा घर पृथ्वी, मानव स्वयंले सिर्जना गरेको विभिन्न वातावरणीय प्रकोपहरूले खतरामा पारेको छ। वातावरणको संरक्षण गरेर मात्रै हाम्रो साझा मातृभूमिलाई बचाउन सकिन्छ। यो सबै मानवजातिको सहमति हो। चीनका सर्वोच्च नेता सी चिनफिङले हरित विकासको अवधारणा अघि सार्नुभएको छ, जुन उहाँको आर्थिक विचार र पर्यावरणीय सभ्यताको विचारको मूल विषय बनेको छ। नयाँ युगमा चीनको विकासको नयाँ ढाँचा स्थापना गर्ने महत्वपूर्ण दिशानिर्देश र सैद्धान्तिक आधार पनि यही हो।
सी चिनफिङको शब्दमा "हरित विकास" को अर्थ "आर्थिक विकासलाई अब कुल गार्हस्थ्य उत्पादन वृद्धिदर (जीडीपी) द्वारा मात्र मापन गरिँदैन", तर "हामीले आर्थिक विकास र पारिस्थितिक वातावरण संरक्षणबीचको सम्बन्धलाई सही ढंगले सम्हाल्नु पर्दछ।"
तथ्यहरूले प्रमाणित गरेको छ कि सी चिनफिङको हरित विकास अवधारणा र चीनमा यसको अभ्यास चीनका लागि मात्र नभई विश्वका लागि पनि जिम्मेवार छ र आधुनिकीकरणलाई साकार गर्ने प्रक्रियामा विभिन्न देशहरूले सामना गर्ने समस्या र चुनौतीहरूको जवाफ पनि यसले दिन्छ।