महासागर अन्तर्राष्ट्रिय राजनीतिको अखडा बन्नुहुँदैन
2024-06-05 18:23:49cri
Share with:

 

यो वर्ष सामुद्रिक कानून सम्बन्धी संयुक्त राष्ट्रसंघको महासन्धि लागू भएको ३०औँ वार्षिकोत्सव हो। चीनका सहायक परराष्ट्रमन्त्री म्याउ त युले जुन ५ तारिख एउटा सम्बोधन दिँदै महासागर विभिन्न देशहरू जोड्ने र एकीकृत बनाउने पुल अर्थात् लिङ्क भएको यो क्षेत्र अन्तर्राष्ट्रिय राजनीतिको अखडा बन्न नहुने कुरा पनि बताउनुभएको छ।

 

म्याउ त युले भूराजनीतिक स्वार्थका लागि केही मुलुकलाई उक्त महासन्धिको गलत व्याख्या वा दुरुपयोग गर्दै एकपक्षीयताको पछि लाग्ने साथै समुद्री आधिपत्य खोज्ने कुरामा निन्दा गर्नुभएको छ। अन्तर्राष्ट्रिय समुदायले सो समस्याको संयुक्त रूपमा समाधान गर्नुपर्ने कुरा पनि उहाँले व्यक्त गर्नुभयो।